Wednesday, May 14, 2025

जति नै खराब अवस्था आए पनि, आशा कहिल्यै मर्न दिनुहुँदैन


 एकपटक एक व्यक्ति मरुभूमिमा हरायो। उसँग भएका थोरै खानेकुरा र पिउने पानी चाँडै सकियो। दुई दिनदेखि ऊ पानीको एक थोपा पनि नपाएर तड्पिरहेको थियो।


उसलाई थाहा थियो, यदि अब केही घण्टाभित्र पानी भेटिएन भने ऊ निश्चित मर्नेछ। तर कतैभित्र उसमा अझै आशा बाँकी थियो। ऊ पानीको खोजीमा तन मनले लागेको थियो। उसले हार मानेन।


त्यही आशाले उसले टाढा कतै एउटा झुपडी देख्यो। पहिलो पटक त उसले आफ्नै आँखामाथि विश्वास गरेन। पहिले पनि उसले मृगतृष्णा र भ्रमका कारण धोका खाइसकेको थियो। तर गरीबको अन्तिम विकल्प भनेको विश्वास गर्नु नै थियो। आखिर त्यो उसको अन्तिम आशा थियो।


उसले बाँकी रहेको शक्तिले झुपडीतिर लाग्यो। झुपडी नजिकिँदै जाँदा उसको आशा बढ्दै गयो र यसपटक भाग्य पनि साथमा थियो। साँच्चै त्यहाँ एउटा झुपडी थियो।


तर के यो? झुपडी त धेरै वर्षदेखि परित्यक्त देखिन्थ्यो। कसैले त्यहाँ पाइलो टेकिएको पनि जस्तो लाग्दैनथ्यो। तर पनि ऊ भित्र छिर्दै गयो, पानीको आशामा।


झुपडीभित्र हेरेर उसले आफ्नो आँखामाथि विश्वास गर्न सकेन। त्यहाँ त हातले चलाउने ह्याण्डपम्प थियो। पानीको एक थोपा पाउने आशाले उसमा नयाँ ऊर्जा भरियो। उसले तुरुन्तै पम्प चलाउन थाल्यो।


तर पम्प त पुरानै भएकोले सुकेको रहेछ। ऊ फेरि निराश भयो। उसले सोच्यो अब उसलाई कसैले बचाउन सक्दैन। ऊ थकित भएर ढल्कियो।


त्यत्तिकैमा उसले झुपडीको छानोमा बाँधिएको पानीको बोतल देख्यो। कुनै तरिकाले घिस्रिंदै उ त्यहाँसम्म पुग्यो र बोतल खोल्न लाग्यो। तर उसले देख्यो कि बोतलमा एउटा कागज टाँसिएको थियो, जसमा लेखिएको थियो:


“यो पानी पम्प चलाउन प्रयोग गर, र बोतल फेरि भरिदिन नबिर्स।”


अब ऊ द्विविधामा पर्‍यो। के उ त्यो पानी पिउने? कि पम्प चलाउने प्रयास गर्ने? मनमा अनेक शंका उब्जिए — यदि पम्प चलेन भने? यदि लेखिएको कुरा झूट भयो भने? पानी माटोभित्रै नभए के गर्ने?


तर उसले मन सम्हाल्यो। उसको हात काँपिरहेको थियो, उसले बिस्तारै त्यो पानी पम्पमा हाल्यो।


अनि उसले फेरि पम्प चलाउन थाल्यो — एक, दुई, तीन चोटि…


पम्पबाट चिसो, मीठो र शुद्ध पानी निस्कन थाल्यो।


ऊ खुसीले भरियो। उसले पेटभरि पानी पियो। उसको चेतना फर्कियो। ऊ जिउँदो महसुस गर्यो।


त्यसपछि उसले बोतल फेरि पानीले भर्‍यो र पुरानै स्थानमा झुण्ड्याइदियो।


त्यही बेला उसले अर्काे काँचको बोतल देख्यो। भित्र हेर्दा, त्यहाँ एउटा पेन्सिल र एउटा नक्सा थियो — जसले मरुभूमिबाट निस्किने बाटो देखाउँथ्यो।


उसले नक्सा याद गर्यो, बोतल फेरि राख्यो। आफ्ना बोतलहरू पानीले भर्‍यो र हिँड्न थाल्यो।


अगाडि बढ्दा उसले एकपटक पछाडि फर्केर झुपडी हे-यो। केही सोच्यो… फेरि फर्केर भित्र गयो र पानीको बोतलमा लेख्न थाल्यो —


“माथि भरोसा गर, यो पम्प साँच्चिकै चल्छ।”



यो कथा जीवनको सन्देश हो।

यो कथाले सिकाउँछ — जति नै खराब अवस्था आए पनि, आशा कहिल्यै मर्न दिनुहुँदैन।


कथाले अर्को शिक्षा पनि दिन्छ — केहि ठूलो प्राप्त गर्नुअघि, आफूले पनि केही दिनुपर्छ। जस्तो कि त्यो व्यक्तिले सबै पानी पम्पमा हाल्यो, अनि बल्ल शुद्ध पानी पायो।


कथामा देखाइएको पानी जीवनका ती महत्वपूर्ण चीजहरूको प्रतीक हो, जसको हामी धेरै मूल्य गर्छौं — जस्तो ज्ञान, प्रेम, या पैसा।


तर त्यो पाउनको लागि हामीले पनि कर्मको पम्पमा पहिले त्यो हाल्नुपर्छ। अनि जीवनले त्यसको फल फर्काएर दिन्छ — झन् धेरै, झन् गहिरो।


राम्रा कर्म गर्ने व्यक्तिबाट त्यो सद्भाव अर्को व्यक्तिमा जान्छ, अनि फेरि अर्कोमा — क्रमशः।


यदि तपाईंलाई यो कथा मन पर्‍यो भने, अरूलाई पनि सुनाउन नबिर्सनुहोस्।

No comments:

Post a Comment