Saturday, August 14, 2021

हाईकु

एउटै छाल
हो बालुवाको घर
मेरो बर्बादी

एउटै छाल:-
१.तिम्रो प्रेम
२.तिम्रो आगमन
३.मेरो धड्कन बन्नु

हो बालुवाको घर
१.तिमी सँगको प्रेम
२.त्यो साथको कल्पना
३.देखेको सपना

मेरो बर्बादी
१.मनका रहरहरू मरे 
२.म मरणासन्न भएँ
३.अब केही बाँकी रहेन

Saturday, July 31, 2021

प्रिय

प्रीय,

बद्लिएको छैन म
न बद्लिएको छ सोचहरु
बस! बद्लिएको छ त समय
बदलिरहने छ ...निरन्तर,
तर,
तिमी प्रतिको आस्था 
बद्लिने छैन
तर,
तिमी प्रतिको झुकाव
बद्लिने छैन
न बद्लिने छ
तिमी सँगको सम्बन्ध
र त,
आज पनि 
म तिमिलाई
तिमी मलाई
प्रेम गर्छौं
निरन्तर,
अचुक!!

Saturday, February 29, 2020

होली

प्रिय,
पोहोर साल
यहि होलीमा 
रङ दल्ने बहानामा
अन्जानबस भरेथेँ
तिम्रो सिउँदोमा सिन्दुर
र अन्जानबसै भएथेँ म तिम्रो 'श्रीमान' ।

र तत्कालै
रातो पहेँलो रङ दलेको अनुहार
कालोनिलो बनाएर
पखालेथ्यौ तिमीले आफ्नो सिन्दुर
र अन्जानबस नै भएथ्यौ तिमी 'विधवा' ।

हो प्रिय,
आज मेरो श्राद्ध छ !
@rajan

Friday, February 28, 2020

मृत्यु

धेरै अघि एक साँझ चराहरु 
निन्याउरा भएर हाँगातिर बसिरहेको बेला
 घरका समस्याहरुले पिल्सिएर
आफै पनि झोक्रिएर बसिरहेको बेला 
मलाई एउटा कविता 
लेख्न मन लागेको थियो 

मृत्यु अभिशाप हो 
मृत्यु विसंगति हो 
मृत्यु जीवनको अन्त हो भनेर ...

Sunday, November 19, 2017

नाङ्गो तस्बिर

“सुन्नुन!”

“भनन!”

“कस्तो पोल्यो!” उसले रुन्चे स्वरमा बोलि।
“के पोल्यो?”

“केके पोल्यो नि! घाउ नै पार्दिनु भयो कि क्याहो?” ऊ म संग बच्चा झैँ टाँसिदैं पिडा सुनाइ।

मैले उसको सिरलाइ मेरो छातिमा राखेर सानो स्वरमा बोलेँ “अघि नै भन्न पर्दैन त? पहिलो पटक भएर त्यस्तो भएको होला। एकछिनमा ठिक हुन्छ।”

मेरो सान्त्वना पाएर सायद ऊ ढुक्क भइ। केहि बोलिन। मलाइ जोडले पकडेर मेरो छातिमा टाँसिइ रहि। मैले एकपटक उसको शरिर नियालेँ। उसको सर्वाङ्ग नाङ्गो शरिर मेरो शरिरमा टाँंसिएको थियो। उसको एउटा खुट्टा मेरा खुट्टाको बिचमा थियो। उसको कम्मर मेरो कम्मरको दाइने भागमा जोडिएको थियो। उसका सेता अनि मुलायम तिग्राहरु मेरो तिग्रामा खप्टिएका थिए। उसको कोमल छाती मेरो छातिको छेउमा टाँसिएको थियो। भर्खरै फक्रीएको उसको एउटा कलिलो स्तन मेरो छातिमा अडेस लागेर बिश्राम गर्दै थियो, अनि अर्को तल कतै लुकेको थियो। उसका नजरहरुले घरिघरी मेरो अनुहारमा हेर्थे अनि फेरि लजाए झैँ गरेर झुक्थे।
केहिबेरको मौनता पछि मैले उसको चिउँडोमा हात राखेर उसका नजर म तिर मोड्दै बोलेँ “धेरै पोल्यो डल्ली?”

“पोल्यो त अनि!” ऊ लाडिइ।

“पोल्यो मात्रै? मज्जा भएन?” मैले मुस्कुराउँदै जिस्काइँदिएँ।

“खै!” ऊ लजाएर खुम्चिइ।

“साँच्चै भनन के! मज्जा नै भएन?” मैले फेरि प्रश्न गरेँ।
“भयो नि! तर अहिले धेरै पोल्यो के।” ऊ अझै जोडले म संग टाँसिदै बोलि।

“पहिलो पटक भएर हो। पछीपछि यस्तो हुँदैन।”

“हजुरलाइ कसरी थाहा भयो नि पछि चाही पोल्दैन भनेर? उसले लगत्तै प्रश्न गरि।

“अनि सधैँ पोल्छ त? थाहा भैहाल्छ नि यत्ती कुरा।”
“कसरि थाहा हुन्छ तपाइँलाइ?”

“सुनेर थाहा हुन्छ नि।”

“सुनेर हो कि? अनुभवले हो?” उसले हिचकिचाउँदै बोलि।

“के भनेको हौ त्यस्तो?” म रिसाइदिएँ। उसका शरिरमा भएका मेरा हातलाइ हटाएर ओछ्यानमा राखेँ। उसले पुलुक्क मेरो अनुहारमा हेरि। उसको अनुहारको चमक हरायो।

“सरि! जिस्केको पो त।” उसले रुन्चे स्वरमा माफी मागी।

“मेरो बिश्वास् लाग्दैन?” मैले गह्रुङ्गो स्वरमा बोलेँ।

“लाग्छ के!” उसले मेरो गालामा ओठ जोड्दै बोलि।

“अनि किन त्यस्तो भन्या त?

“यस्सै जिस्केको पो त। यतिमा रिसाउन पर्छ त?” यति बोल्दै उसले उसका ओठहरु मेरा ओठ नजिकै ल्याइ।
“यसरी नि जिस्कन्छन् …….!” मैले बोलि नसक्दै उसले मेरा ओठमा उसका ओठ खप्टिदिइ। मैले पनि उसालाइ माफ गरिदिएँ। ऊ मेरा ओठमा चुम्बन गर्दै मेरो माथी आइ। उसका दुबै स्तनहरु मेरा छातिमा टाँसिए। मैले मेरा हातहरु उसको कम्मरमा पुर्याएँ। उसले उसका दुबै हातले मेरो गालामा पकडेर जोडजोडले मेरा ओठमा चुम्बन गरिरही। केहिबेर पछि मैले बिस्तारै मेरा ओठ खोलिदिएँ। मैले ओठ खोल्ने बित्तिकै उसको जिब्रो मेरा ओठहरुको बिच हुँदै भित्र प्रबेश गर्यो। यतिबेला सम्म सिथिल भएर आराम गरिरहेको मेरो ‘पुरुष पहिचान’ फेरि चलमलाउन सुरु गर्यो। मैले उसको कम्मरमा जोडले पकडेर ओछ्यान तिर पल्टाएँ अनि म उसको माथी आएर छातिमा छाती जोडाएँ। उसले आँखा बन्द गरिदिइ। बिस्तारै मेरो जिब्रो उसका ओठहरुको बिचमा पुग्यो। उसले सानो बच्चाले स्तनपान गरेझैँ जिब्रो भित्र तानिरही। जब मेरो पुरुष पहिचानले ऊ भित्र प्रबेश गर्ने बाटो खोज्न थाल्यो तब उसका खुट्टाहरु केहि परपर फारिदैँ गए। मैले मेरो देब्रे हातको इशाराले उसलाइ प्रबेश मार्ग देखाइदिने बित्तिकै ऊ फेरि प्रबेश गर्यो त्यो स्वर्गिय मार्ग भित्र!

उसका हातका औँलाहरु मेरो ढाडमा जोडले गाडिदै गए। उसले थोरै टाउको बटारेर आफ्ना ओठहरु टोकि। मैले झनै जोड लगाउन थालेँ। उसको मुखबाट मसिनो गरि अनौठो आवाज निस्कियो। उसको आवाज सुनेर म केहि हच्किएँ। एकछिन रोकिएर बिस्तारै सोधेँ “फेरि पोल्यो हो?”

“छैन।” उसले सासले जवाफ दिइ अनि झनै जोडले मेरो ढाड अँठ्याइ। म फेरि उस्तै जोडले मच्चिइ रहेँ। उसको हातहरुले उसै गरि मलाइ अँठ्याइ रहे, अनि उसको मुखबाट उस्तै आवाज आइरह्यो लगातार। तर त्यो आवाजले मलाइ झनै कामुक बनाइ रह्यो।

केहिबेरमा दोश्रो पटक सिथिल भएपछी म ओछ्यानमा पल्टीएँ। उसले पुलुक्क मेरो अनुहारमा हेरि। अनि फेरि लजाउँदै नजर झुकाइ। मैले उसको हात तानेर पकड्दै बोलेँ “अहिले पनि पोल्यो?”

“अँहँ पोलेन!” उसले जवाफ फर्काइ।

मैले उसलाइ मेरो नजिकै ताने अनि कुममा सुताएँ। ऊ लपक्क टाँसिइ। मैले सिरानी छेउको मोबाइल ताने अनि डाटा खोलेर फेसबुक हेर्न थालेँ। उसले मेरो हातबाट मोबाइल खोसी अनि क्यामेरा खोली। अगाडिको क्यामेराले हामी दुबैलाइ कैद गर्यो। ऊ मुसुक्क मुस्कुराइ अनि खिचिक्क पारी।

“कस्तो मुख बिगार्नु भएको? हाँस्नुन के!” फेरी क्यामेरा ठड्याएर ऊ बोलि।

म अलिकती मुस्कुराइदिएँ। उसले मेरो गालामा गाला जोडाइ अनि फेरि खिचिक्क पारी।

“भयो नखिच। छि! यस्तो नाङ्गै।” मैले क्यामेरा खोसेँ। उसले केहि बोलिन। मैले मोबाइल फेरि सिरानिमा राखेँ। गलेर लखतरान भएको म निदाएँ केहिबेर।

केहिबेरमा हामी दुबैजना उठ्यौँ अनि कपडा लगायौँ। कपडा लगाइ सकेपछी ऊ आएर मेरो छातिमा टाँसिइ अनि बोलि “मलाइ कहिल्यै छोड्नु त हुन्न नि है?”

“मेरो बिश्वास लाग्दैन डल्ली?”

“लाग्छ!” उसले जोडले अंगालो हाल्दै बोलि।

“अनि किन त्यस्तो सोध्या त?”

“यसै सोध्न मन लागेर।” उसले सासले बोलि।

“ढुक्क हौ डल्ली! तिमिलाइ कहिले छोड्ने छैन। मुटु हौ तिमि मेरि। तिमिलाइ छोडेर म कसरी बाँचौँला भनत?” मैले उसलाइ छातिमा कस्दै बोलेँ। उसले केहि बोलिन। चुपचाप टाँसिइ रहि।

केहिबेरमा मैले नै उसलाइ छुटाएँ अनि हामी कोठाबाट निस्कियौँ। ऊ उसको घर तिर लागी अनि म आफ्नो।
बेलुका सबिनको बर्थडे पार्टि थीयो। म पनि पुगेको थिएँ त्यहाँ। सबैले कर गरेपछी रक्सी नपिइ भएन। म कहिलेकाहिँ मात्र पिउने मान्छे कतिखेर मातेछु पत्तै भएन। मेरो फोनको घन्टी बज्यो। मैले यताउता हेरेँ। मेरो फोन मिलनको हातमा थियो। घन्टि बजेपछी उसले मेरो फोन म तिर बढायो। मैले फोन उठाएँ। उताबाट आवाज आयो “कहाँ हुनुहुन्छ?”

“सबिनकोमा।”

“दिउँसो खिचेका फोटा डिलिट गर्नुभयो?” उसले सानो स्वरमा बोलि।

“ला बिर्सेछु पो! गरिहाल्छु है?” मैले जवाफ दिएँ।

“कस्तो बुद्दी होला। कसैले देख्यो भने! मैले नि बिर्सेछु।” ऊ डराए झैँ बोलि।

“कसैले देख्या छैन। म डिलिट गरिहाल्छु। म भरे फोन गर्छु है?” यति भनेर मैले फोन राखेँ अनि हतारहतार ग्यालेरी खोलेर दुइटै फोटा डिलिट गरिदीएँ। साथिहरु सबैले मेरो अनुहारमा ट्वाल्ल हेरिरहे चुपचाप।
धेरै मातेछु। बेलुका उसलाइ फोन गर्ने होसै भएन। बिहान आँखा खोल्ने बित्तिकै उसलाइ फोन लगाएँ। उसले धेरैबेर सम्म फोन उठाइन। मैले लगातार गरिरहेँ। धेरैबेर पछि फोन उठ्यो। उसले रुँदै बोलि “किन गर्नु भएको फोन?”

“अरे! किन गरेको रे?” म उसको अनपेक्षित ब्यबहारले छक्क परेको थिएँ।

“अनि किन गर्न पर्यो त मलाइ फोन?” ऊ झनै रुन थाली।

“हैन के भयो तिमिलाइ? हिजो फोन नगरेकोले नै यस्तो गर्या?” मैले सोधिहालेँ।

“अझै थाहा नभए जस्तो गर्न पर्दैन। छोरा मान्छेको जात न हो! मैले बिश्वास गरेर ठुलो गल्ती गरेछु।” ऊ रुँदै च्याँठ्ठिई।

मलाइ रिश उठ्न थाल्यो। मैले दिक्क मान्दै बोलेँ “हैन भएको चाहिँ के हो तिमिलाइ? त्यती ठुलो गल्ती त केहि गरे जस्तो लाग्दैन!”

“गल्ती गरेजस्तो किन लाग्थ्यो त। हिजो कसकसलाइ फोटा देखाउनु भयो भन्नु त?” उसले केहि ठुलो स्वरमा बोलि।

म आत्तिएँ। झलक्क सम्झिएँ, हिजो मिलनले मेरो फोन बोकेको थियो म मातेको बेला। मैले हडबडाउँदै बोलेँ “कसैलाइ देखाएको छैन। कसलाइ देखाउँछु त अनि त्यस्ता फोटा? लाज मर्दो!”

“नदेखाएको भए कसरी बाहिरियो त फोटो? मलाइ म्यासेज गरेको छ एउटा केटाले, फोटो सहित। ” उसले सुँकसुकाउँदै बोली।

“मलाइ साँच्चिकै थाहा भएन यार डल्लि। मैले कसैलाइ देखाएको छैन। हिजो सबिनको बर्थडेमा म मातेको थिएँ। एकपटक मिलनको हातमा मेरो फोन थियो। पक्कै उसैले हो! साले त्यस्तो छ जस्तो त लाग्दैन थियो।” मैले डराएको स्वरमा बोलेँ।

“फेक आइडिबाट म्यासेज आएको छ। अब कताकता हाल्दिने हो त्यसले! अब म त मरे पनि हुने भयो।” ऊ झनै जोडले रुन थाली।

“नरोउन डल्ली! केहि हुन्न। म मिलाउँछु सबै।” मैले उसलाइ सम्झाउन खोजेँ।

“कसरी मिलाउनु हुन्छ नि तपाइँले चाहीँ? हिजो बेलैमा डिलिट गरेको भए यस्तो हुँदै नहुने। मलाइ पनि बाठी भएर फोटो खिच्न पर्ने!” ऊ रुँदै गनगनाइ रहि।
मैले उसको फेसबुकको पासवर्ड मागेँ। उसले लगत्तै दिइ। मैले फोन काटेर उसको फेसबुक खोलेँ। म्यासेन्जरको सबैभन्दा माथी एउटा फेक आइडिबाट म्यासेज आएको थियो। खोलेर हेरेँ। लेखेको थियो “मैले जे भन्छु त्यो मानिनस भने बर्बाद गगराइदिन्छु।” म्यासेज संगै हामी दुबैको नाँगो तस्बिर थियो हिजो खिचेको। मैले धेरैबेर सोचेर म्यासेज लेखेँ “तँ मिलन होस् हैन? तैँले किन यस्तो गरेको भन् त?”

केहिबेर पछि उताबाट म्यासेज आयो “को मिलन? म चिन्दिन। मैले भनेको खुरुक्क मान्ने नत्र इन्टरनेट भरी होला तिमिहरुको फोटो।”

“के चाहिँ मान्न पर्ने हो मैले?” मैले लगत्तै प्रश्न गरेँ।
“पचास हजार पैसा पठाओ नत्र इन्टरनेट भरी हुनेछ तिमिहरुको फोटो।” केहिबेरमा नै उताबाट म्यासेज आयो।

त्यसले पैसा माग्ला भनेर मैले सोचेको पनि थिइन। उसले पचास हजार मागेपछी म हडबडाएँ। लगत्तै म्यासेज लेखेँ “को हौ तिमि? किन यस्तो गरेको? हामिले कहाँबाट ल्याउने त्यत्रो पचास हजार?”

“कहाँबाट ल्याउँछौ त्यो मेरो मतलबको बिषय भएन। मलाइ पैसा चाहियो नत्र इन्टरनेट भरी हुनेछ यो फोटो।”
“तँ मिलन नै होस्! मैले चिनिसकेँ तँलाइ। तैँले बाहेक अरु कसैले मेरो फोन छोएको नै छैन। किन यस्तो गरेको तैँले?” मैले एकैपटल लामो म्यासेज पठाएँ।

“म मिलन हैन। बिश्वास नलागे जा गएर उसैलाइ सोध। मलाइ अरु कुरा थाहा छैन। आज बेलुका सम्म पैसाको बन्दवस्त गरेर मलाइ म्यासेज गर् नत्र तँलाइ थाहा नै छ के हुन्छ भनेर!” उसले धम्किपुर्ण म्यासेज पठायो।
मलाइ मिलन बाहेक अरु कसैमाथी संका थिएन। तर उसैले गर्दैछ भनेर पनि कुनै प्रमाण थिएन। मिलनलाइ फोन गरेर सोधौँ कि पनि सोचेँ। तर बिना प्रमाण मिल्ने साथीलाइ त्यस्तो आरोप लगाउन आँट आएन।

दिनभर हामी दुबै बेचैन भइ रह्यौँ। ऊ र म घन्टौँ फोनमा कुरा गरिरह्यौँ तर कुनै उपाय निस्किएन। उ आत्तिएर दिनभर जसो रोइरही। मैले उसलाइ सकेसम्म सान्तवना दिइरहेँ।

“मर्नु बाहेक केहि उपाय नहुने भयो मेरो त।” ऊ बारबार यहि भनीरही।

“म त्यस्तो हुन दिन्न। जसरी भएनी मिलाउँछु।” मैले यही उत्तर दिइरहेँ। तर, कहिँकतैबाट त्यत्रो पैसा निकाल्ने उपाय भेटिएन। साँझ पर्नै लाग्दा सम्झिएँ मेरो घाँटिमा लगाएको सिक्री, जुन एकतोलाको थियो। पोहोर मात्रै बाले किनिदिएको। अब त्यही नबेची भएन। मैले उसलाइ सिक्री बेचेर पैसा दिन्छु भनेर सुनाएँ। केहिबेर ऊ अनकनाइ।

“घरमा थाहा भयो भने मार्नु हुन्छ तपाइँलाइ।” उसले रुन्चे स्वरमा बोलि।

“हरायो भन्दिन्छु।” मैले सान्त हुँदै जवाफ दिएँ।
उसले केहि बोलिन। अरु केहि बाटो नभएपछि मौन सहमती दिइ। मैले सरासर बजार गएर सुन पसलमा सीक्री बेचिदिएँ बाउन्न हजारमा। बेलुका आएर त्यो फेक आइडिमा म्यासेज पठाएँ “पैसाको बन्दवस्त भयो। कहाँ पठाउन पर्ने हो?”

“राम बरालको नाममा आइएमइ गर्दे अनि नम्बर म्यासेज गर।” उताबाट केहिबेरमा म्यासेज आयो।
“अनि फोटा डिलिट हुन्छ नि?” मैले लगत्तै सोधेँ।
“पैसा पाएसी हुन्छ।” जवाफ आइ हाल्यो।

भोलिपल्ट बिहानको दश बजे नै मैले त्यो नाममा पचास हजार पैसा आइएमइ गर्दिएँ अनि उसलाइ नम्बर म्यासेज गर्दिएँ। म्यासेज हेरेर पनि कुनै रिप्ले आएन। मलाइ त्यो मान्छे को थियो पत्ता लगाउनु थियो। म दुइ घन्टापछि मैले पैसा पठाएको आइएमइ गएँ अनि सोधेँ “दाइ! मैले अघि पठाएको पैसा निकालेको छ कि छैन?”
“निस्की सक्यो।” आइएमइका दाइले जवाफ दिए।
“दाइ मलाइ त्यो पैसा निकालेको आइएमइको ठेगाना दिन मिल्छ?” मैले फेरि सोधेँ।

दाइले मलाइ एकपटक हेरे अनि ठेगाना निकालेर दिए। पैसा उर्लाबारिको चोककै आइएमइबाट निस्किइएको थियो। म लगत्तै बस चढेर उर्लाबारिको आइएमइमा पुगेँ। त्यहाँका दाइलाइ भनेँ “दाइ तपाइँको सिसिटिभि क्यामेराको रेकर्ड हेर्न मिल्छ?”

उनले आस्चर्यचकित नजरले मलाइ हेरेर बोले “किन र?”

“मलाइ कसैले ब्लाकमेल गरेर पचास हजार ठग्यो दाइ। यहिँबाट पैसा निकालेर लग्यो एकघन्टा अगाडी।” मैले एकै सासमा मेरो पिडा सुनाएँ।

“पुलिस केश पो गर्नपर्छ त अनि।” उसले रुखो जवाफ फर्कायो।

“पुलिस केस गर्ने खालको कुरा छैन दाइ। मिल्छ भने देखाउनुस् न। कतै अनुहार देखेर चिनिहाल्छु कि!” मैले मलिन स्वरमा आग्रह गरेँ।

आइएमइका दाइले म संग हार खाएर कम्प्युटर खोले अनि सिसि टिभी रेकर्ड देखाउन थाले। भिडियोमा एउटा मैले नचिनेको केटा आयो। पैसा लियो अनि ढोका तिर लाग्यो।

“यहि हो त्यो पैसा लग्ने मान्छे, चिनेको हो? हामिसंग नागरिकतको फोटोकपी पनि छ। पुलिस केस गर्दा भैहाल्छ त।” दाइले बोले।

मेरा आँखा अझै कम्प्युटर स्क्रीनमा नै थिए। भिडियोमा आइएमइको ढोका छेउमा कोही उभिइ रहेको देखिन्थ्यो। पैसा निकालेर गएको मान्छे पनि त्यहाँ उभियो। मैले नियालेर हेरेँ। त्यो अर्को मान्छे केटि थिइ। राम्रो संग हेर्दा मैले चिनिहालेँ त्यो अरु कोहि नभएर उहि मेरी प्रेमिका थिइ। मेरो शिरमा आकास खसेजस्तो भयो। मलाइ रिंगटा लाग्ला झैँ भयो। मुटु फुलेर बाहिर निस्केला जस्तो भयो।

“भाइ! चिन्यौ त? कि पुलिस केस गर्ने हो?” आइएमइका दाइले बोले।

“चिनिन दाइ। भयो नगर्ने अब केहि। ” मैले हडबडाउँदै यती बोलेँ अनी ‘धन्यवाद’ पनि नभनी बाहिर निस्किएर आफ्नो बाटो लागेँ।

स्रोत :- garapare.com

Tuesday, July 18, 2017

हाकिम,म र त्यो साँझ

आफ्नो सिर्जना, संरचना, हामी प्रतिको कर्तव्य र उत्तरदायित्व सबैलाई अलपत्र छोडेर, आकस्मिक रूपमा जानुभयो बुबा । न त आमाले सँधै बुबाको दीर्घायूको कामना गरि लगाइएको सिन्दुरले रोक्यो नत गलामा झुण्डयाइएको पोतेमा नै अल्झियो उहाँको स्वास ।
हामी कलिला छोराछोरीको दुर्बोध भविष्यको चिन्ताले पनि त अड्किएन उहाँको प्राण ! सुटुक्क जानुभयो बुबा । सँधै सँधैका लागि । कहिल्यै नफर्कने ठाउँमा । निर्दोष हाम्रो ओठको हाँसो खोसेर । अभागिनी आमाको श्रृँगार लुटेर । उन्मुक्त वैँशमा अंकुश लगाएर । अतृप्त रहर र चाहना सबै तुहाएर ! अप्रत्यशित दूर्घटनाले जोडिएको जिन्दगी सजिलै स्विकार्न सक्नुभएन मेरी आमाले । उहाँमा पूर्णतः परिवर्तन भयो । घर र हामीप्रतिको कर्तव्य बोध पनि भएन । प्रायः मुर्छन्ना अवस्थामा नै जिउन थाल्नुभयो उहाँ ।

घर, आमा र भाईप्रतिको कर्तव्य ममाथि हस्तान्तरण भयो स्वभाविक रूपमा । उन्मुक्त भएर हाँसेर खेलेर बिताउने उमेरमा नै म जिम्मेवारीको बोझले थिचिएँ । घर चलाउने उमेर अवस्था र क्षमता नभएतापनि तयार हुनुपर्यो मैले । जिन्दगीको कठघरामा उभ्यायो समयले मलाई । महिनाको पाँचहजार तलबको त्यान्द्रोमा झुण्डिएको हाम्रो घर बुबाको अवसानपछि छताछुल्ल भएको थियो । दुई विषयको डिग्रीको प्रमाणपत्र सिरानी मुनी हालेर रातभर छटपटिने शिक्षित बेरोजगारको अगाडि मेरो एघार पासको प्रमाणपत्र सजिलै कहाँ पो बिक्थ्यो र ? तापनि प्रयास छोडिनँ मैले । जे, जस्तो र जसरी भएपनि जागिर खानुथियो । आफ्नो थाप्लोमा भएको कर्तव्य र जिम्मेवारी पूरा गर्नु थियो । आफू बाँचेर भाइ र आमालाई पनि बचाउनु थियो ।

धेरै सरकारी, गैरसरकारी, अर्धसरकारी संघ संस्थाहरू र निजी फर्ममा समेत याचना गरेँ, तर दुई–चार वर्षको अनुभव र उच्च शिक्षाको मापदण्डमा म एक छेउ पनि पुग्दिनथेँ । जसरी पनि बाँच्नुपर्ने बाध्यताले हामी बाँचिरहेका थियौं । म कुदिरहेको थिएँ । आफूलाई पैसामा रूपान्तरण गर्न ! तर संस्कार र सभ्यताको परिधि भित्र रहेर । यतिखेर मलाई छर्लङ्ग भयो, “किन कतिपय युवतीहरू गोधुलीमा श्रृँगार गरेर चम्काउँछन आफूलाई र भीषण अँध्यारोमा होमीदिन्छन् अनि सँधै सयाै टुक्रामा विभाजन गरिने सिँगो जिन्दगी बाँच्न बाध्य हुन्छन्” भन्ने ।

गन्तव्यको क्रममा एकदिन एउटा नीजि व्यवसायिक फर्मको ढोका घचेट्न पुगेँ म । कार्यालय प्रमुखको कुर्सीमा एउटा अधवैंशे तर ज्यादै आकर्षक व्यक्तित्वको मान्छे बसेका थिए । मेरै बाबुको उमेर बोकेका । उनलाई देख्दा हामीलाई चटक्कै छोडेर जाने मेरै कायर बाबुको याद बल्झियो एकचोटी । शायद यही अभाव पूर्तिको आशाले हो कि, मैले उनलाई हेरिरहेँ । जब म आफूलाई सम्हालेर यथार्थमा उत्रिएँ, उनी पनि मलाई एकहोरो हेरिरहेका रहेछन्, उसै गरि । उनी निर्लिप्त थिए म मा । आँखामा गहिरो अतृप्त भोक झल्किरहेको थियो । म घाइते भएँ, उनको नजरको आक्रमणबाट । असहज भएँ । स्थितिसँग सामना गर्न अप्ठेरो भयो मलाई । तर मैले जस्तोसुकै परिस्थितिसँग पनि जुध्न सिक्नु थियो ।

भावनाको पहिरोमा छताछुल्ल बग्ने पानी पुरुषहरूलाई अर्कै मोडतिर मोड्न सक्छन्, नारीहरू । त्यसैले मैले वातावरणलाई परिवर्तन गर्न हातजोरेँ र मुखले पनि “अभिवादन” भनेँ । तन्द्राबाट बिउँझेझैं गरि उनी सामान्य बन्न खोजे, तर सकेनन् । मैले आफूलाई चिनाएँ र यसरी अप्रत्याशित उपस्थितिकोे उद्देश्य बताएँ ।

कतिपय ठाउँमा महिलाको सुन्दरता नै ठूलो र भरपर्दो प्रमाणपत्र बन्न सक्छ । यही भयो त्यहाँ पनि । हाकिम साबले मेरो कुरा सुने तर मुखबाट कुनै प्रश्न सोधेनन् । उनका आँखा मैमा गडिएका थिए । अपार सन्तुष्टी मुद्रामा उनले “भोलिदेखि काममा आउनु” भने । कुनैपनि अनुभव र योग्यताको प्रमाण पत्रको तघारो तेस्र्याएनन् उनले । मैले आफैँले बताउन र देखाउन चाहेँ आफ्नो प्रमाणपत्र तर आवश्यक परेन ।

मैले भित्रभित्रै असहज मान्दै बाहिर खुशी प्रकट गरेँ र “धन्यवाद” भनेँ । उनको कुटिल मुस्कान सँगै उनको नाकमुनी एकैठाउँ खाँदिएर बसेका जुँगाहरू तन्किए । भोलिपल्टदेखि म अफिस व.जान थालेँ । नीजि सचिवको कार्यभार र पदीय जिम्मेवारी सुम्पिदिए उनले मलाई । यसले गर्दा प्रायः जसो म उनको साथमा वा प्रत्यक्ष सहभागितामा बस्नु पर्दथ्यो । उनलाई एक ग्लास पानी चाहिँदा पनि मलाई अनुरोध गर्थे । दिउँसो चिया नास्ता पनि उनीसँगै बसेर खानुपर्दथ्यो । आफू नखाएर पनि उनी मलाई खुवाउँथे कर गरेर । मलाई मन नपरे पनि लाचार थिएँ म । किनकि मेरो जागिरको तराजुको एक पल्लामा मेरो भाइ र आमा थिए भने अर्को पल्लामा हाकिम ।

सँधै खाजा खानुपर्ने आवश्यकता र अनिवार्यता भएता पनि सामथ्र्य थिएन मेरो । मैले खाजा खाने पैसाले मेरो भाइको फिस टर्न सक्थ्यो । आमाको औषधी किन्न पुग्थ्यो । तर सँधै हाकिम साबको भाग खानु पनि उचित लागेन मलाई । अर्कोतर्फ खाजा खान जान नपरे एकपटक भए पनि कम हुन्थ्यो उनका सामु पर्न । उनका भोका आँखाको आक्रमणबाट बच्न त्यसैले मैले पनि सबभन्दा सस्तो र हेर्दा पनि धेरै देखिने ‘भुजा’ किनेर टिफिन लाने र उनले खाजा खान बोलाउँदा मैले आफैले ल्याएको छु भनेर आफ्नै टेबलमा बसेर खाने योजना मात्र बनाइँन, कार्यान्वयन पनि गरेँ तर मेरो यो कार्य स्वीकार्य भएन मेरा हाकिमलाई ।

पुनः म परिबन्दमा परेँ । हुँदाहुँदा उनले मेरो हिंडाई, बोलाई, लगाई सबैमाथि टिप्पणी र प्रतिकृया हुन थाल्यो । “यस्तो लगाउनुपर्छ । यस्तो लगाउँदा आकर्षक देखिन्छ स्मार्ट देखिन्छ । व्यक्तित्व झल्कन्छ” भनेर सुझाव दिन्थे । मेरो व्यक्तिगत स्वतन्त्रतामा हाकिमसाबको अनावश्यक उपस्थित मलाई पटक्कै मन पर्दैनथ्यो । मैले जे लगाएपनि, जस्तो खाएपनि जे गरेपनि के मतलब होला ? किन चासो होला जस्तै लाग्थ्यो । आवश्यकता भन्दा बढी लगाव हुन थाल्यो हाकिमको म प्रति । उनको कोठामा मेरो बेलाबेलाको उपस्थिति अनिवार्य आवश्यकता जस्तै हुन थाल्यो । अन्य कर्मचारी बिच खासखुस हल्ला हुन थाल्यो । मलाई देख्ने बित्तिकै सबै व्यंग्य मुस्कान तेस्र्याउँथे । म सबै बुझेर पनि अवुझ हुन बाध्य हुन्थेँ । उनीहरू यथार्थमा मेरो इश्र्या भन्दा पनि आश्चर्य प्रकट गर्दथे म प्रति ।

एकदिन मैले स्टाफहरूले गफ गरेको सुनेँ – “हगि ! आजकल त बूढो पनि एकदम फ्रेस देखिन्छ नि ! त्यति गाली पनि गर्दैन । ढिलो आएपनि, छुट्टी लिएपनि रिसाउँदैन । बरु नम्र पो भएको छ हगि !”

“त्यो सब त्यही च्वाँक मैयाको काम त हो नि ..।”

“त्यो मोरीले पनि त्यस्तो बूढोलाई के घाँस हालेकी होली.. ? हामी जस्तो हुँदाहुँदै …।”

“थुतुनो मात्र राम्रो हो यार त्यसको बानी, व्यवहार त हेरन… । ऊ… ! बारम्बार हाकिमको कोठामा छिरिरहन्छे ।”

“भेट्दी हो पैसाको बिटो अनि के छ त … ?”

“मोहनी नै लगाई हौ त्यसले त सुड्डोलाई ..।”

“मोरी छे नै त्यस्तै.. । मोहनी नै लगाउने .. अनि बूढो भुतुुक्क के नहोस त”

“हैन बूढोको श्रीमती छैन र ..?”

“किन नहुनु नि .. ! अस्ति नै एकचोटी मैले बजारमा भेटेथेँ । च्वाँक रैछै ।

“मालामाल छ सुड्डोलाई पनि । के तरुनी खोज्दै हिंडेको होला त यो सुड्डो पनि … ?”

“घरमा मात्र भएर भयो त …! अफिसमा पनि त चहियो नि ! यसो मन बहलाउने !”

“एउटा कुरा चाहिँ हो है यार । घरमा स्वास्नी भएपनि यसो घुमाफिर गर्ने, मन बहलाउने बाहिर एउटी मैयाँ चाहिँ चाहिन्छ है….!” छक्क परेँ म । म र हाकिमलाई लिएर यस्ता सस्ता खालका टिप्पणी सुनेर ।

म स्वभाविक रूपमा उदास भएँ । म विना कशुर अपराधी बन्दै थिएँ, सबको नजरमा । म निर्दोष थिएँ तर म माथि थुप्रै दोषहरू लागेका थिए । पवित्र भए पनि थुप्रै फोहोरका छिटा उछिट्याएर मलाई धमिल्याउन खोजेका थिए सबैले ।

वास्तविकता सही नभए पनि उनीहरूको दृष्टिमा म खराब प्रमाणित भएकी थिएँ । उनीहरू भ्रममा थिए तर म उनीहरूको भ्रम हटाएर प्रमाण पेश गर्न पनि त सक्तिनथेँ । सबभन्दा छक्क त म त्यस कुराले परेँ । लोग्नेमान्छेहरूको भित्री चाहना र सुसुप्त कुण्ठा सुनेर । कति स्वार्थी र बेइमान हुँदारहेन् । आफ्नो स्वास्नी र परिवारप्रति इमान्दरिताको नाटक मात्र गर्दारहेछन् । यदि उनीहरूकै जस्तै उनीहरूकी स्वास्नीले पनि सोच्ने र गर्ने हो भने … ?
एउटा पुरुष साथी बाहिर घुम्नका लागि पाल्ने हो भने …?
पचाउन सक्छन् कायर पुरुषहरू………?
म दोधारमा परेँ । यस्तो जागिर खानु कि नखानु …?

म त्रिकोण भित्र जेलिएको थिएँ । एकातिर मेरो घरपरिवार, अर्कोतिर मेरो इज्जत र अर्कोतिर हाकिम । के गरौँ ? निर्णय गर्न सकिरहेकी थिइँन । मानसिक दबाब बढी भएर एकदिन मलाई ज्वरो आयो । तर पनि म अफिस गएँ ।

मेरो अनुहारमा भारीपन देखेर हाकिमले आत्मियता पस्कँदै सोधे । मैले टार्न खोजेँ तर अनुहारमा उत्रिएको पीडाको भाव बुझे सायद । उनले हात समाएर मुसार्दै मलाई सान्त्वना दिए, दिन खोजे । काँधमा थपथपाए । अनि मायालु भावमा सोधे –“के भयो सानु तिमीलाई ? नढाटी भन त.. । तिमीलाई सन्चो छैन … ।”
मेरो बिसन्चोमा अत्तिए झैं भए उनी । “हैन सर ठीकै छ .. ।” म सहज बन्न खोजेँ ।
“सानु” शब्दले मलाई बिचलित बनायो । “हैन पक्कै पनि केही भएको छ तिमीलाई खै, खै .. !”
पुनः आत्तिएर मेरो हात समाए । निधार छामे । नाडी छामे र हात दबाउन थाले । हत्केला खेलाउन थाले । मैले असहज मान्दै हात छुटाएँ । अनि कृत्रिम मुस्कान ल्याएर ठिकै भएको अभिनय गर्न खोजेँ तर उनले पत्याएनन् ।
“तिम्रो निधार एकदम तातो छ सानु ! तिमीलाई ज्वरो आएको छ । यस्तो हुदा पनि मलाई नभन्ने हो ..? फटाई .. !! बिरामी भएको पनि लुकाउँछन लाटी ! तिमीलाई केही भयो भने … ??” उनले मलाई काँधमा थपथपाए । टाउको सुम्सुम्याए । मलाई पूनः बुबाको याद दुख्यो । तर ..। म अप्रत्याशित रूपमा हाकिमको यस्तो कृयाकलाप देखेर झन तातो भएँ । डर, त्रास र संकोचले झन बढ्न थाल्यो ज्वरो ।

आजसम्म उनले मलाई यसरी छोएका थिएनन् तर आज मलाई मज्जाले सुम्सुम्याएका थिए । मनले जति नरुचाए पनि म प्रतिकार गर्न सक्दिनथेँ हाकिमको क्रियाकलापलाई । न त चुपचाप स्किार्न नै सक्थेँ, भित्रदेखि रुचाएर । म त्यसै त्यसै खुम्चन्थेँ । पिरालिन्थेँ । कुण्ठित हुन्थेँ । त्यसदिन पनि सँधैको झैँ उनको आग्रहलाई टार्न सकिँन । न त उनले धर नै दिए । त्यसैले म डोरिएँँ चुपचाप उनको पछि ।

मलाई डाक्टरकोमा लगेर चेकअप गराए । एकझोला औषधी र फलफूल थमाइदिए मेरो हातमा । अनि आवश्यक पर्छ भनेर पूनः ५०० को नोट थमाइदिए । म कसैको अनुदान र कृपामा बाँच्न चाहन्नथेँ । आफ्नो गरिबीप्रति खिल्ली उडाए झैँ भान भयो मलाई । मेरो स्वाभिमानले लिन मानेन त्यो रकम । तर उनले मलाई आँखा तरेर कड्के । उनको पूरा अधिकार भएजस्तै । मानौँ म उनको एकदम नजिकको आफन्त हुँ ।

म उनका राता आँखा देखि एकदम डराउथेँ । अनि मैले चुपचाप लिएँ उनले दिएको सबै कुरा । त्यसदिनदेखि उनको चासो झन बढ्यो म प्रति । कामको बोझ एकैरति पनि थिएन । बरु मलाई के खाँचो छ ? के चाहिएको छ ? सोद्धथे ।

मेरो उमेरका केटीहरूले मनपराउने वस्तुहरू किनेर ल्याइदिन्थे र मलाई दिन्थे ! मीठा खानेकुरा, चकलेटको मात्रा पनि बढ्न थाल्यो । म उनका सामु ‘बलीको बोको’ बन्दै गएको आभाष हुन थाल्यो मलाई ! त्यसैले म निसास्सिन थालें हाकिमको व्यवहार देखि । उम्कन चाहन्थे म त्यहाँबाट तर …. । उनले मलाई हदभन्दा बढी माया गर्न थाले । तर त्यो कुन खालको माया हो वाशनात्मक या त भावनात्मक ? म छुट्याउन सकिरहेकी थिइँन । तै पनि मेरो कमलो र शंकालु सचेत नारी मन डराइरहयो । उनको म प्रतिको मायामा वाशनाको नमिठो गन्ध छरपष्टिए झैं लाग्थ्यो । त्यसैले त मलाई यतिका धेरै चिजविज ल्याइदिएर फकाउँदैछन् अथवा उधारो लगाउँदैछन् । त्यसको क्षतिपूर्ति कुन दिन मलाई कोठामा बोलाएर माग्न अथवा आफूभित्रको उमेरको असन्तुष्टी र कुण्ठालाई पूरा गर्न के बेर ? संभावित घटनाको आशंका वा पूर्वानुमानले मेरो मन बेला बेलामा ढक्क भइरहन्थ्यो ।

एकदिन अफिस छुट्टि हुनुभन्दा अगाडि हाकिमले आफ्नो कोठामा बोलाए मलाई । त्यसदिन त्यो गमन सातौँ पटक थियो । भय, डर र आशंकाले ग्रसित लाचार शरीर मेरो अस्तित्वलाई लिएर पस्यो उनको कोठामा अनि मूर्तिवत उभियो उनको अगाडि । उनी एकदमै प्रशन्न मुद्रामा थिए । मेरो जडता देखेर उनले बिचलित हुँदै सोधे – “सानु ! के भयो तिमीलाई ?” फेरि सन्चो छैन कि के हो ? उनको बोली र हात एकैचोटी आइपुग्यो म भएको ठाउँ । उनले आत्तिएर छामे हात, निधार, गाला … । म झन् जड भएँ । मलाई पटक्कै मन परेन उनको स्वार्थी सम्बोधन ।

मैले पहिले नै प्रतिवाद गरेकी थिएँ मेरो नामले बोलाउन । तर उनले जिव्रो चाटेर भनेका थिए “म सानु नै भन्छु है, एकदम प्यारो र आत्मीय लाग्छ मलाई यो सम्बोधन ।“ “हैन सर ! म ठीकै छु ।” डराएर काँपेको स्वरमा मैले भनेँ ।

म कसरी भन्न सक्थेँ र सर ! मेरो बिसन्चोको कारण नै तपाईँ हो भनेर । उनले मेरो कुममा थपथपाउँदै उही स्वार्थी सम्बोधनमा भने सानु ! म तिमीसँग धेरै खुशी छु, थाहा छ, तिमी आएदेखि म एकदम चुस्त भएको छु । फूर्तिलो भएको छु । उर्जाशील भएको छु । काम गर्ने उत्साह र जोश जाँगर बढेको छ । यसले गर्दा मेरो लथालिङ्ग भएर डुब्न लागेको व्यवसाय पनि एकदमै राम्रो भएको छ । धेरै फाइदा भएको छ । यो सबै भएको तिम्रै कारण हो सानु !
यु आर माइ प्रोग्रेस । सानु !
सो, आइ लब यु सानु ! आइ लव यु भेरी मच !!
उनले आफूभित्रको खुशीलाई त्यत्तिकै राख्न सकेनन् । छताछुल्ल भएर पोखियो उनको खुशी र मलाई च्याप्प समातेर मेरा निधारमा म्वाइ खाए लगातार ! केहीक्षण पछि उनी स्वभाविक भए । म जडवत भएँ ।

हाकिमको कृयाकलापलाई प्रतिकार गर्ने न त मौका नै पाएँ न त शब्द नै । अनि उनले एउटा खाम मेरो हातमा थमाउँदै भने, “मलाई यतिधेरै खुशी बनाएकोमा यो तिमीलाई मेरो तर्फबाट पुरस्कार । अनि सुन ! भोलि अफिसमा अलिक धेरै समयसम्म बस्नुपर्ने हुन्छ । तिमीसँग सानो काम छ । एउटा कुरा पनि गर्नु छ त्यसैले अलिक ढिलो पनि हुन सक्छ । त्यसैले आमालाई भनेर आउनु है । बरु ढिला भए म नै पुगाइदिउला घर । तर तिमी भोलि आइनौ भने सम्झ तिमी भोलि जागिरबाट पनि निकालियौ । म परिबन्दमा परेँ । हाकिमले मलाई चारो राखेर शिकारका लागि जाल थापिसकेका थिए ।

म चुपचाप त्यसैगरि फर्किएँ गह्रुँगो अनुहार लिएर जसरी भित्र गएकी थिएँ । भोलिपल्ट मृत्युदण्डको खबर सुनाइएको निर्दोष अपराधी जस्तै भयो मेरो अवस्था पनि ! पक्कै पनि मलाई हाकिमले आफ्नो शिकार बनाउने छन् । उफ ! कति डरलाग्दा छन् उनका आँखा । सँधै मलाई भोगको तृष्णाले हेरिरहन्छन् र यो तृष्णा उनले भोलि (पुरा) तृप्त गर्नेछन् । भोलि मेरो अस्तित्वको अन्त्य हुनेछ । म लाचार भएर चुपचाप आफ्नो अन्त्य हेरिरहनेछु । उफ् ! कस्तो बिडम्बना हो यो ! म आफैं नै आफ्नो अस्तित्वको अन्त्यमा एक्लै मलामी हुनेछु । कति ठूलो चुनौती हो यो मेरो लागि !

एकातिर कर्तव्य र उत्तरदायित्व अनि अर्कातिर धराशयी हुन लागेको आफ्नै अस्तित्व ! कति निर्लज्ज मेरा हाकिम । कति सजिलै र निर्लज्जताका साथ मलाई मेरो भोलिको साँझ मागेका छन् । म के गरौँ ? चुपचाप आफ्नो अस्तित्वको लिलाम गरुँ या त दायित्वको बोझ हटाउँ ? काँचै आँखा मैले रात बिताएँ ।

भोलिपल्ट मेरो उही दैनिक प्रकृया शुरु भयो । म डोरिएँ अफिसतिर । चुुनौतीको नाम नै त शायद जिन्दगी हो । जति समय बित्दै जान्थ्यो उति म बिचलित हुँदै जान्थेँ । मेरो अस्तित्वको आयु छोटिँदै गइरहेको छ जस्तो लाग्थ्यो । निर्जीव र निस्प्राण लाग्यो मलाई त्यो दिन । संभावित घटनाको परिकल्पनाले दिनभरी रिंगाइरहयो । अरूदिन भन्दा घडीको सुई पनि छिटो घुम्यो शायद त्यसदिन । कति चाँढै चारमा पुगिसकेछ । सबै स्टाफहरू छुट्टी भएर गइसकेका थिए ।

क्रमशः समय मेरो लागि अनिष्टकारी बन्दै थियो । प्रत्येक पल अपराधी झैं लाग्थ्यो । तर त्यो क्षण, जतिखेरको मलाई प्रतीक्षा थियो । चाँढै आवोस भन्थें । “नारीहरूकोलागि आफ्नो अस्तित्व भन्दा ठूलो केही हुन्न । अस्तित्व रक्षाकोलागि नै दुर्गाको रूप धारण गर्छन अबला नारीहरू पनि । त्यसैले म उत्साहित थिएँ त्यस क्षणका लागि ।

सबैजना गएपछि हाकिम मेरा सामु उभिए । फाँसी दिने जल्लाद जस्तै भएर । कोठा नै भारी भयो उनको आगमनले । प्रफूल्ल मुद्रामा उनी क्रमशः मेरो नजिक आएर काँध थपथपाए । सागरले थिचेजस्तो भयो मलाई । म चुपचाप बसिरहेँ मूर्तिवत !

मेरो हातमा एउटा ठूलै बन्द प्याकेट दिएर भने – “झट्ट तिमी यो लगाएर मेरो कोठामा आउनु !” म पनि जतिसक्दो छिटो चाहन्थेँ ।
चाँढोभन्दा चाँढो हुने कुरा भइहालोस भन्थेँ ।
कति संभावित आशंकामा पिरोलिए रहने ?
बरु चाँढै गड्याङ गुडुङ गरोस ।
झिलिक्क बिजुली चम्कियोस ।
चट्याङ परोस । अनि भयंकर दूर्घटना होस ।
प्रलय होस । उथलपुथल होस् । अन्त्य होस सबैथोक । अनि शान्तः । एकदम शान्त र सन्नाटा छावोस … सँधै सँधैका लागि .. !!

म तयार पार्न थालेँ आफैँलाई । दिप्तीमय रूपलाई सिगारेँ आफैले । एउटी सतीलाई चितामा जानु अगाडि सिगाँरे जस्तै लाग्यो । “आखिर फूलहरू कसैका उपभोगका लागि त फूलिँदा रहेछन् नि ! यदि पहिले नै यो सब थाहा भएको भए कोपिला किन कष्ट गथ्र्यो होला र फूल बन्नलाई …? र अब फूल बनिसकेपछि टिपिनु र पाउमा चढिनु फूलको धर्म हो । यथार्थ हो ।”

थोरै उत्साह र धेरै वितृष्णा बोकेर प्याकेट खोलेँ । लुगा रहेछ प्याकेटमा । रातो झल्लरदार झलझल गर्ने सितारा जडित साडी । हिन्दी सिनेमामा र फोटोमा राजकुमारी वा परीले लगाएको देखेकोले मैले परी वा राजकुुुमारीको लुगा भनेँ त्यस टल्कने लुगालाई ! म वाल्यकालमा कल्पना गर्थेँ, “मैले पनि त्यस्तो परी लुगा लगाउन पाए ….?”

मलाई अनौठो लाग्यो त्यो लुगा लगाउँदा । मैले क्षणिकका लागि भएपनि सबैकुरा विर्सेर भाग्यमानी सम्झेँ, ठानेँ आफैलाई । एकक्षणका लागि आफू पनि ‘परी’ भएको कल्पना गरेँ । तर यथार्थमा उत्रदा म ‘परी’ थिइनँँ । त्यो ‘परी’ लुगा मेरै अस्तित्वको लाशमाथि लगाइएको कात्रो थियो । रातो कात्रो.. ।

तोकिएको अनुसार आफूलाई तयार पारेर म हाकिम साबको ढोका ढकढक्याउन पुगेँ । यही क्षणको प्रतीक्षामा व्यग्र थिए उनी र सायद म पनि । हावाको गतिमा ढोका उघ्रियो । म सजीव गुडिया चलायमान भएँ उनीतिर र केही दुरीमा पुगेर स्थिर भए पाइलाहरू । आक्रमण अगाडिको शिकारीको मनोदशा हेर्न मन लाग्यो मलाई ।

एकपटक आज ध्यान दिएर हेरेँ उनलाई । शायद भोलिदेखि म हाकिमलाई कहिल्यै हेर्न पाउने छैन या त भिन्दै हुनेछ मेरो हेराई ।

उनी एकदमै खुशी र सन्तुष्ट थिए । दिप्ती थियो मुहारमा । शायद इच्छाइएको वस्तु सजिलै प्राप्त हुँदा त्यस्तै खुशी हुन्छन सबै । उनी आफूमा थिएनन् । सम्पूर्ण ध्यान ममा केन्द्रित थियो उनी ममा केही खोज्दैथिए शायद । जब हाम्रो आँखा ‘चार’ भए उनी मुसुक्क हाँसे । मलाई चसक्क चीसो बिझ्यो । उनले आफ्नो हात फैलाएर अंगालो बनाए र पासो थापे । झलक्क मलाई मेरो बुबाले सानोमा ‘हाकी, हाकी’ भनेको क्षण बल्झियो । तर अपशोस ! अहिले मेरा अगाडि मेरा हाकिम थिए । म उन्मुक्त भएर अघि बढ्न सकिन । उनी चलायमान भए र क्रमशः मतिर लक्षित भए, त्यही मुद्रामा । उफ !
मेरो पाइताला मुनीको जमीन भासिन थाल्यो । मेरा दुवै हात पछाडी गए र आपसमा मजवुत भए ।
उनी र मेरो दुरी सकियो ।
उनको फैलिएको अंगालो ममा लपेटियो । उनी आफूभित्रको खुशीलाई शब्दमा उकेल्न थाले – “ओ माई डियर …!” मेरा हात अझ मजवुत र मन जागरुक हुँदैथ्यो । उनको अंगालो अझ कसिलो भयो । म आखिरी मौकाको ताकमा थिएँ र आफूलाई तयार पार्दै थिएँ । उनले पागलले झैं मलाई झन जोडले कस्दै गए र भन्दै गए – “मेरो बाबा ! मेरो प्राण ….!! मेरी छोरी …. !!! अब त मलाई छोडेर कहिल्यै कहीँ नजाउ है…!!!!” उनले अनियन्त्रित भएर मलाई चुमे अनि छातीमा टाँसे ।

आश्चर्यचकित भएर डराएर चिम्लिएका आँखा खोलेँ मैले, उनको सम्बोधन सुनेपछि । म छक्क परेँ । आफ्नै पछाडि लगेको मेरो हातको मुट्ठी खुकुलिए । “खन्द्रयाङ्ग” आवाज आयो । आवाज सुनेर हामी दुवै झस्कियौँ ।
मेरो हातबाट खसेको वस्तु शायद देखे उनले, उनको अंगालो खुकुलियो । स्थिति र सम्बोधन अनि क्रियाकलाप विपरित भएकोले पुनः एकअर्काका आँखा जुधे । मैले कौतुहल बोकेर उनका आँखामा हेरेँ । उनले आँखाबाट झरेको बलिन्द्र धारा आँशु पुछेर उनले भने, “तिमीले गलत ठान्यौं सानु मलाई…।”
“हो छोरी ! तिमीले मेरो मूल्यांकन गलत गर्यौ ! उनी भक्कानिँदै भन्न थाले – “सानु ! मेरी पनि तिमी जस्तै र तिमी जत्रै छोरी थिइन् । तर चारवर्ष अघि कहिल्यै नफर्कने गरेर अनायाशै हामीलाई छोडेर गइन् । त्यसैले म पागलजस्तो भएको थिएँ । मेरो व्यवसाय चौपट भएको थियो । तर जुन दिन तिमी मेरो अफिसमा आयौ, त्यसदिनदेखि म एकदम खुशी थिएँ । मैले तिमीमा मेरी हराएकी छोरी भेटेको थिएँ । त्यसैले मैले तिमीलाई नै मेरी छोरीको रूपमा राखिसकेको थिएँ । हेरिसकेको थिएँ । आज मेरी छोरीको सोह्रौँ ‘जन्मदिन’ हो । मैले धेरै वर्ष पछि आज उसको जन्मदिन मनाउन पाएको छु । मेरो छोरीलाई जन्मदिनको उपहार किन्न पाएको छु । किनभने सोह्रौँ जन्मदिनका दिन यस्तै मोती र सितारा भरेको रातो सारी उपहार मागेकी थिई मलाई उसले । उसले भनेजस्तै सारी मैले तिमीलाई लगाउन दिएको हो । उनले हात जोडेर भने, “अबदेखि तिम्रो जन्मदिन जहिले भएपनि आजकै दिनमा मनाउन चाहन्छु । नाइँ नभन ल छोरी … । प्लीज ….!!”
अनायाश यन्त्रवत रूपमा मेरो अंगालो कसिँदै गयो हाकिमसँग ।
दुवैका आँखा चुपचाप बर्सिरहेका थिए ।
टेबलमा “हयापी वर्थ डे” लेखिएको केक र सजाइएको मैनवत्तीबाट हटेर मेरो रुझेका आँखा भुइमा टलक्क टल्किरहेको सेतो छुरीमाथि पऱ्यो, जुन मैले हाकिमको हत्या गर्न घरबाट नै सुटुक्क लुकाएर लगेकी थिएँ ।।