Saturday, February 08, 2025

सधैँ तिमीलाई माया गर्छु ❤️

सधैँ तिमीलाई माया गर्छु ❤️
तिमी आउँदा उज्यालो भयो,
अन्धकार जीवनमा उज्यालो रहयो।
तिम्रो मुस्कान घामको किरण,
मनभरी रहँछौ प्रियजन।

तिम्रो स्वर सुन्दै जुर्मुरिन्छु,
सपना साँचेर तिमीमै रमाउँछु।
तिम्रो हाँसो, तिम्रो मिठो बोलि,
मेरो मुटुको अमूल्य तोली।

तिमी बिना यो मन सुन्दर छैन,
जसरी आकाश बिना जुन छैन।
तिमी मेरा सपना, तिमी नै विश्वास,
तिम्रै मायाले भरिएको छ यो साँस।

बिहान तिमी, साँझ तिमी,
हरपलमा म भित्र छौं तिमी।
यो भ्यालेन्टाइन मात्र किन,
हरेक दिन तिम्रै प्रेम छ मन।

गुलाब जस्तै फक्रन्छ हाम्रो माया,
सुगन्धी छर्छ यो जीवनभरि सारा।
तिमी बिना अधुरो यो यात्रा,
तिमी नै मेरो मुटुको धड्कन सारा।

समय बिते पनि प्रेम अमर,
तिमीसँगै बाँच्ने छ म निरन्तर।
संसार बदलिए पनि यो माया स्थिर,
तिमी मेरी रहन्छौ सधैँ, प्रिय!
"भ्यालेन्टाइनको उपहार हृदयको,
सधैँ तिमीलाई माया गरिरहूँ।" ❤️


No comments:

Post a Comment