Thursday, February 06, 2025

बा मलाई सप्पै आँउछ !!!

बा मलाई सप्पै आँउछ !!!
उबेला घुँडा फाटेको पाईन्ट टालिदिदा रिसाउने म; 
अचेल नरिसाउन पनि आँउछ
 र खुसिहरु टाल्न पनि आँउछ ।
गलेर लखतरान भै 
आलिको डिलमा बस्दा आएका
 तपाईका पसिना जस्तै
 मेरो पनि पसिना आँउछन् । 
बा मलाई अचेल खुन बेचेर पसिना किन्न नि आँउछ ।

सानोमा हिसाब नजान्ने म 
अचेल मलाई जिन्दगिको 
जोड, घटाउ, गुणन, भाग सप्पै आँउछ ।
तपाइको हात समाएर हिड्दा लडेको मलाई हात दिएर
उठाउनु हुन्थ्यो नि 
अचेल म आफै उठ्ने भएको छु । 
लडेपछि कसरी उठ्ने 
सब आँउछ मलाई अचेल।
मलाई बोक्ने तपाईका काँध जस्तै
बलिया भएका छन मेरा काँधहरु । 
अचेल मेरा काँधले पनि
 जिम्मेवारी बोक्न थालेको छ नि बा ।

किताबका पाठहरु पल्टाउदा झुपुझुपु उघ्ने म 
अचेल जिन्दगिको किताब सजिलै पल्टाउछु ; 
जहाँ सुख:दुख, सपना, बिपना, माया, प्रेम, करुणा, दया सबै छ र म सबै बुझ्छु ।

यत्तिका थुप्रो कुरा जानिसकेपछि त 
म पनि तपाईजस्तै ठुलो मान्छे बन्न 
सक्छुहोला नि है बा ।

No comments:

Post a Comment