Saturday, February 29, 2020

होली

प्रिय,
पोहोर साल
यहि होलीमा 
रङ दल्ने बहानामा
अन्जानबस भरेथेँ
तिम्रो सिउँदोमा सिन्दुर
र अन्जानबसै भएथेँ म तिम्रो 'श्रीमान' ।

र तत्कालै
रातो पहेँलो रङ दलेको अनुहार
कालोनिलो बनाएर
पखालेथ्यौ तिमीले आफ्नो सिन्दुर
र अन्जानबस नै भएथ्यौ तिमी 'विधवा' ।

हो प्रिय,
आज मेरो श्राद्ध छ !
@rajan

Friday, February 28, 2020

मृत्यु

धेरै अघि एक साँझ चराहरु 
निन्याउरा भएर हाँगातिर बसिरहेको बेला
 घरका समस्याहरुले पिल्सिएर
आफै पनि झोक्रिएर बसिरहेको बेला 
मलाई एउटा कविता 
लेख्न मन लागेको थियो 

मृत्यु अभिशाप हो 
मृत्यु विसंगति हो 
मृत्यु जीवनको अन्त हो भनेर ...