Thursday, December 25, 2014

एउटा मर्म स्पर्शी कथा

एउटा प्राथमिक
बिद्यालयकि शिक्षिका (मिस) ले एकदिन
कक्षा तिन का बिद्यार्थी सँगपरिक्षा लिईन |
परिक्षामा एउटा मनोबिज्ञान सँग सम्बन्धित
प्रश्नपनि सोधिएको थियो
प्रश्न: "यदि मेशिनबाट
मान्छेलाई पनि उसले चाहेको सामान बनाउन मिल्ने
भए तिमी चाही केबन्थ्यौ ? र किन ?"

परिक्षा जसै सकियो ति मिसले परिक्षा पत्र
जाँच्नको लागी घरैमा लिएर आईन । साँझको खाना खाएर मिस कपी जाँच्न बसिन ,जाँच्दै गईन् | अन्तिम कपी जाँच्दै गर्दा उनका आँखाभरी आँशु
भए, उनका श्रीमान उनकै नजिक
बसेर TV मा केहि हेरिरहेका थिए । त्यो देखेर उनले भने
किन रोएकी यस्ता कलिला बच्चा-बच्चिका कपी जाँच्दा पनि रुनुपर्छ त ?
शिक्षिकाले आँशुले
भरिएका आँखाले आफ्ना श्रीमान तिर हेर्दै भनिन - आजको परिक्षामा यिनीहरुलाई एउटा प्रश्न
सोधिएको थियो |

त्यसको जवाफमा एकजना बच्चाले
यस्तो लेखेको छ:- यदि आफ्नो ईच्छा अनुसारको सामान
बन्न पाउने भए म "TV" बन्ने थिएँ . . . श्रीमान -(हाँस्दै) धति लाटी यस्तो कुरामा किन रुनु ?
मिस -अगाडि सुन्नुस् न अझै ...... किन कि TV भए
सँधै बाबा मम्मि अनि घरका सबै सदस्य
मेरो वरिपरि रहने थिए । घरमा मेरो स्थान नै अलग हुने
थियो, जब म बोल्थेँ सबैले ध्यन दिएर सुन्थे बिना कुनै
उल्टा सवाल, बाबा अफिसबाट थाकेर
आएपनि मरो छेउमा बसेर मलाई नै हेरिरहनुहुने थियो, मम्मिको अरु कुनै काम नभएको बेला पनि ममा लागेको धुलो पुछ्दै प्यारका साथ रुमालले ढाकि दिनुहुन्थ्यो, मम्मि बाबा जब तनाबमा पर्नुहुन्थ्यो तब मलाई
गालि गर्नु हकार्नुको सट्टा उल्टै मेरो साथमा बसेर आफ्नो तनाव कम गर्नुहुन्थ्यो, साँच्चै म TV हुन्थेँ
भने सबैलाई खुशि दिनसक्थेँ, यहाँसम्म कि मेरो सामु
बस्न मेरा दिदी दाजु र भाई बहिनीमा तँछाड मछाड
झगडा हुन्थ्यो . . . . ।
यति सुनेपछि मिसका श्रीमान
अलि गम्भिर भएर भने - बिचरा बालक ! उसका बाबा आमाले त उस्लाई अलिकति पनि ख्याल
नगर्दा रहेछन्, कति अभागी त्यो बच्चा बाबुआमाको ममताको लागी तड्पीरहेको रहेछ, केहि त देखभाल गर्नु नि ।
अगाडि मिसले भनिन् - "थाहा छ हजुरलाई त्यो बच्चा को हो ?"
श्रीमान - "को हो ?"
मिस - "त्यो बच्चा हाम्रै छोरा कालु
हो . . . . . ।"
श्रीमान - "हँ . . . . ऽऽ" (दुबै जना स्तब्ध)

सानो भनेर हेला नगरौ, सानो नै शक्तिशाली हुन्छ

- चौकिदारीको काम गर्ने निल्स बोहरलाई
वैज्ञानिक बन्नुमा प्लेटोको एउटा पुस्तकले अहम्
भूमिका खेलेको थियो ।

- ट्रोय र स्पार्टा विचको दश वर्षे युद्धको मुख्य
कारण थियो हेलेनको मोहक अनुहार र लोभ्याउने
हाँसो । र, यसैसँग प्रभावित भएर होमरले
विश्वको सुप्रसिद्ध महाकाव्य 'इलियड' लेखे ।

- लाखौको ज्यान गएको एक घृणित
क्रिमियाको युद्धको कारण थियो - ताल्चा ।
जेरूसेलमको एक कुनोमा अवस्थीत
गिर्जाघरको ढोकामा युनानले ताल्चा लगायो र
आफू सँगै राख्यो । त्यसैलाई
खोस्नका लागि आपसमा युद्ध भएको थियो ।

- विख्यात वाधक हेडेललाई
आफ्नो वाधनको प्रेरणाको स्रोत आयरन
ध्वनि थियो ।

- सर आइज्यक न्युटनलाई एउटा खसिरहेको स्याउले
चाल सम्बन्धि नियम पत्ता लगाउन उत्प्रेरित
गरेको थियो ।

- फ्रान्सेली क्रान्तिमा राजपरिवार ढल्नुको कारण
सम्राट लुई फिलिपका छोरा ड्युक अफ अर्लियन्सले
केही गिलास बढि रक्सी पिउनु थियो ।

- एक गहुँको दानाले वर्षमा पचास दाना उत्पादन
गर्छ । बाह्र वर्षसम्म यही रूपमा उत्पादन भइरहने
हो भने यसले २४,१४,४०,६२,५०,००,००,००,००,०००
गुना बढी उत्पादन दिनेछ ।

- चार्ल्स डिकेन्सले आफ्नो पुस्तक अल द इयर
राउण्डमा लेखेका छन् 'कसैले बुद्धिमान कसलाई भन्ने
सोधेमा जवाफ पाउनेछन्, त्यसैलाई ज
सानो भन्दा सानो कुरामा पनि ध्यान दिन्छ ।

- एउटा धागो छिनाएपछि सबै तानाबान आफै
फुस्कनेछन् । संगितका हजार सुरहरूमा एउटालाई
विगारीदेऊ सबै सुरहरू बेसुर हुनेछन् ।

- अलिकति पर्ख, बादल फाटेर घाम लाग्नेछ, थोरै
प्रेमले घरमा खुशी छाउनेछ, थोरै आशाले
नराम्रो दिनमा पनि खुशी लहराउनेछ, थोरै उदारताले
अशान्तीमा शान्ती आउनेछ ।

Wednesday, December 24, 2014

यो मन त मेरो नेपाली हो

झ्यालबाट बाहिर हेर्दै मनमनै गम्छ, ‘स्वदेशबाट
हेर्दा विदेश
राम्रो, विदेशबाट हेर्दा स्वदेश राम्रो, तर
वास्तविकता भोग्नेलाइ मात्र थाहा हुन्छ ।’
फेरि मनमा रोगी आमाको सम्झना आउँछ, ‘दुई पैसा कमाइ
हुन्छ
भनेर के गर्नु, यस्तो बेला आमालाई तातो पानी दिन
पनि सँगै
बस्न सकिएन ।’ तुरुन्तै अर्को मनले चित्त बुझाउँछ,
‘पानी त के
म नेपालमै भएको भए उपचार खर्च नभएर
मेरी आमा उहिल्यै
परमधान हुने थिइन् ।’
विदेशको बसाइ, विद्यार्थी भिसामा । बाहिरबाट जस्तो छ,
भित्र
त्यस्तो हुँदैन, भित्र जे छ, बाहिर त्यो देखिँदैन ।
कलेजको फिस
तिर्न निकै मेहनत गर्नुपर्छ । धेरथोर घरखर्च
पनि पठाउनुपर्ने
बाध्यता छँदैछ । जुनसुकै बेला कलेज बन्द हुने खतराले घेरेकै
हुन्छ । भिसा थपिने-नथपिने त्रास पनि सँगै लिएर हिंड्नुपर्ने
अवस्था छ ।
कलेजका कारण भिसा क्यान्सिल हुने त्रास पनि छँदैछ ।
त्यस्तो स्थितिमा ऋणको भारी बोकेर स्वदेश र्फकनुपर्ने
बाध्यता हुन्छ । यस्तो अवस्थामा विदेशमा अध्ययनरत
एउटा विद्यार्थीको मनमा कस्ता-कस्ता विचारले
सताउँदा हुन् ? सताउने ती विचारहरूलाई उसले के भनेर
सम्झाउँदो हो ? आउनुहोस्, आज यसै विषयमा गजुरियल
विश्लेषण गरौं ।
‘दसैं भनेर आज एक दिन कामबाट छुट्टी मिलाएको छु,
त्यो पनि टीकै नलगाई बित्ने भो ।’ नेपालबाट बैनीले
फेसबुकमा राखेको दसैं तस्बिरहरू हेर्दै मन अमिलो हुन्छ ।
तुरुन्तै अर्को मनले भन्छ, ‘आ, मैले टीका नलगाएर के भो र,
बुबा-आमा, दिदी-बहिनीहरूले रमाइलोसँग दसैं मानेछन् । म
खर्च
पठाउन नसक्ने भएको भए सबैको दसैं खल्लो हुने थियो ।’
फेरि अर्को मन गनगन गर्छ, ‘तीन वर्षसम्म लगातार
भाइटीका लगाउन नपाउँदा चेलीबेटीको मन
कति रुँदो हो !’
अर्को मनले सान्त्वना दिन्छ, ‘नेपालमै भएको भए
बैनीलाई
आईफोन र दिदीलाई क्यामेरा उपहार दिन पनि त सक्ने
थिइनँ
नि, टीका भनेको त्यस्तै हो ।’
मन तुरुन्तै साथीभाइतिर जान्छ, ‘सँगैका साथीहरू
क्याम्पस
पढाउने भैसके, आफूभन्दा जुनियरहरू सभासद् बनिसके ।
आफू
भने……।’ हप्ता दिनदेखिका कपडा वासिङ मेसिनमा हाल्दै
अर्को मनले सम्झाउँछ, ‘नेपालमा भएको भए सायद पढाइ
पूरा गर्ने थिइनँ होला ।
फेरि पैसाबिना नेपालमा को पो सभासद्
बन्न सकेको छ र ?’ तेस्रो मनले विश्लेषण गर्छ,
‘नेपालका साथीभाइहरू पनि यस्तै त सोच्दा हुन् नि,
‘फलानो विदेश पुगेर क्या प्रगति गर्यो, टन्न
पैसा कमायो होला,
आफ्नो चाहिँ प्लस टु’को मास्टरमै जुनी बित्ने भो । पार
नलाग्ने
राजनीतिमै अल्झियो ।’ फिस्स हाँस्छ ।
झ्यालबाट बाहिर हेर्दै मनमनै गम्छ, ‘स्वदेशबाट
हेर्दा विदेश
राम्रो, विदेशबाट हेर्दा स्वदेश राम्रो, तर
वास्तविकता भोग्नेलाइ मात्र थाहा हुन्छ ।’
फेरि मनमा रोगी आमाको सम्झना आउँछ, ‘दुई पैसा कमाइ
हुन्छ
भनेर के गर्नु, यस्तो बेला आमालाई तातो पानी दिन
पनि सँगै
बस्न सकिएन ।’ तुरुन्तै अर्को मनले चित्त बुझाउँछ,
‘पानी त के
म नेपालमै भएको भए उपचार खर्च नभएर
मेरी आमा उहिल्यै
परमधान हुने थिइन् ।’ अनि मन भुलाउन गीत गाउँछ,
‘सोचेजस्तो हुन्न जीवन, जस्तो लेख्यो त्यस्तै हुन्छ ।’
भोलि बिहान चार बजे काममा जानु छ । घडीको अलार्म
सेट गर्दै
भुतभुताउँछ, ‘स्साला, गधाको जस्तो जिन्दगी । न
समयमा खान
पाइन्छ, न त धीत मरुन्जेल सुत्न पाइन्छ ।’ तत्कालै
अर्को मन
बोल्छ, ‘असमयमै भए पनि यहाँ खान त पाइएको छ ।
फेरि धीत
मरुन्जेल सुतेर के गर्नु, कमाइ गर्न काम पनि त चाहियो नि,
जुन
स्वदेशमा मिल्दैन ।’ कुरा खेलाउँदै ओच्छ्यानमा पल्टिन्छ ।
निन्द्रा पटक्कै लाग्दैन । एउटा मन र
अर्को मनको सवाल-
जवाफ चलिरहन्छ । एक मनले भन्छ, ‘ओहो !
कति कुरा खेलेको मनमा, सोच्दा-सोच्दै पागलै हुन्छु
कि क्या हो ?’ अर्को मनले सम्झाउँछ, ‘सोच्न
छोड्यो भने त
सुस्त मनस्थितिको भैहालियो नि ।’ फेरि भन्छ,
‘अर्को महिना त भिसा एप्लाई गर्नु छ, थपिएन भने ?’
दोस्रो मनले जवाफ दिन्छ, ‘आफ्नै देश फर्किने नि ।’ मन
सशंकित हुन्छ, ‘फर्किएर के गर्ने, यता न उताको भइन्छ !’
फेरि मनले भन्छ, ‘कागजबिना विदेशमा बसेर के काम,
देशमा हलो जोत्यो खायो माम ।’
मनहरू चर्काचर्की गर्छन्, ‘नेपालमा जागिर पाइएला र ?’
अर्को मन झर्किन्छ, ‘जागिर नपाए काम त पाइन्छ नि ।’
फेरि मन भौंतारिन्छ, ‘समकालीन साथीहरू कोही भेटिंदैनन्
होला ।’ अर्को व्यंग्यात्मक हाँसो हांस्छ, ‘बाल्यकालीन

समकालीन, यहाँ त मन मिल्ने साथीहरू नै पाउन गाह्रो छ
।’
फेरि एउटा मन बोल्छ, ‘पाँच वर्ष भैसक्यो विदेश बसेको,
नेपालमा एडजस्ट हुन सकिएला र ?’ अर्को मन जंगिन्छ,
‘२०
वर्ष त नेपालमै बसेको हो नि, विदेशमा एडजस्ट हुन
गाह्रो भयो र ?!’ त्यति नै बेला अलार्म बज्छ ।
पाउरोटी तताउँछ, चिया पकाउँछ । हतार-हतार खान्छ ।
हातैले
केश मिलाउँदै रेल स्टेसनतर्फ दौडिन्छ गीत गुनगुनाउँदै—
यो मन
त मेरो नेपाली हो ।

Tuesday, December 23, 2014

ऎतिहासिक वेनी आक्रमण

“विरहरुको रगतले इतिहास लेख्नु विरताको प्रतीक
रहेछ
सहिदको रगत लाई भुल्ने कायर गद्दार हरु लाई
इतिहासमा कुनै बस्ने ठाँउ छैन “
बिग्रेड कमान्डर क. जित
हाम्रो यात्रा पश्चिम नेपाल बाट शुरूवात
भयो कैयौं उकाली ओराली डाडापाखा अनि भञ्ज्याङ
चौतारी सग लुकामारी गर्दै योजनाको बिर्फिङ्ग कोचिङ
स्थानमा आईपुगियो !बेनि आक्रमणको सम्पुर्ण
तयारी रुकुमका भएको थियो बेनि बजारको स्याण्डमोडेल
यति कलात्मक हिसाब बाट तयार गरिएको थियो अति सुन्दर
सु स्पष्ट ढंगबाट अवलोकन गर्न सकिने
थियो हेरियो अनि लुकुम
गाउँको एउटा स्कुलमा भिडियो मार्फत
बेनी बजारको दृश्यलाई मिहिन ढंगबाट
भिडियो पनि देखियो !
अर्को दिन प्रत्येक बिग्रेड लाई छुट्टाछुट्टै
एकएकवटा गरि बेनि कार्वाही बारे प्रशिक्षण
भयो सो कार्वाहीको कमिसार क विप्लव र कमान्डर क
पासाङले गर्नु भएको थियोे ! उक्त कार्वाही मा पश्चिम
डिभिजन को सहभागिता हुने कुरा सुनिश्चित
थियो जनमुक्ति सेना नेपाल पश्चिम
डिभिजनको निशानामा परेको उक्त ऎतिहासिक
कार्वाहीमा चारवटा बिग्रेडको सहभागिता थियो !
मंगलसेनस्मृति फस्ट बिग्रेड,
घोराही सतबरिया स्मृति दोस्रो बिग्रेड ,लिस्ने गाम
स्मृति तेस्रो बिग्रेड र बासु स्मृति चौथो बिग्रेडले लडाइँ
लडनु पर्ने भयो क्रमशः बिग्रेड कमान्डर हरु क.परिवर्तन
क.जित क.विविध क. प्रतीक्षा ले कमान्ड गर्नु
भएको थियो !
सम्पुर्ण राजनैनिक वैचारिक संगठनिक र प्रविधिक
तयारी पूरा गरि रुकुमको लुकुम गाउँ बाट
जनमुक्ति सेना नेपाल को महाअभियान अघि बढ्छ
रोल्पा हुँदै बागलुङको अति रमणीय ठाँउ ढोरपाटन
वन्यजन्तु आरक्ष हुँदै गरिमामय क्रान्ति को आदर्श निडर
जलजला पहाडको न्यानो स्पर्श ले अझ
जनमुक्ति सेना लाई लाल र निपुर्ण बनाउन मद्दत
गरेको थियो जलजला पहाडको मैदानमा जनमुक्ति सेनाले
अन्तिम परेड खेल्दै दुश्मनका विरुद्ध लडाइँ लडने उच्च
मनोबल साहस विवेक र बलिदानको कसम खादै वर्ग दुश्मन
प्रतिको तिव्र घृणा लाई आक्रोशमा बदल्दै भोकाएको सिंह
को गर्जनमा होमिङ गर्दै धौलागिरी हिमाल कम्पाएमान
भएको थियो !
यात्रा निरन्तर जारी छ जनसेना ,जन स्वायम सेवक
आदरणीय जनसमुदायको लामबन्दीले
उत्साह हौसला र
खुशी तुल्याएको थियो घन्टौं हिडिसके पछि बल्लतल्ल
म्याग्दीको मुना गाविस पुगियो त्यहा जनसमुदायले
अद्भुत
माया गरि जनमुक्ति सेना लाई स्वागत
गर्दा हामी सबैका आँखा बाट हर्षका आँसु बगेका थिए
एक दुई दिनको अन्तिम बसाई पछि यात्रा निरन्तर जारी छ
रातारात हिडेर म्याग्दीको दरवाङ बजार पुगियो दरवाङ
म्याग्दी खोलाको किनारमा अवस्थित छ !
२०६० साल चैत ०७ गते बिहान दरवाङ
स्कुलमा खाना पकाएर खाने काम भयो सबैलाई
तयारी हालतमा रहन निर्देशन आयो ठिक दिनको १ बजे
रोलकल को आयोजना भयो पुरै
डिभिजनको अनि त्यहा अन्तिम सूचना आयो कमरेड हरु
आज राती ११ बजे
हाम्रो पार्टी नेकपा माओवादी को केन्द्रिय
योजना मुताविक हाम्रो जनमुक्ति सेना नेपालले
म्याग्दीको सदरमुकाम बेनि आक्रमण गर्ने योजना छ
सबै
जनमुक्ति सेनाका योद्धा कमरेड हरु मानसिक रूपमा र
भौतिक रूपमा वैचारिक रूपमा तयारी रहदै
बिजुलीको करेन्ट
रफ्तारमा दुश्मन प्रती जाईलाग्न तयार हुनुहोला !
दिनको १ बजे बाट दौडिन शुरु भएको जनसेनाको लाईन
राती ११ बजे
बेनि पुग्यो बेनि आक्रमणमा हतियारको सेटिङ
गरिएको थियो निम्नअनुसार दुइटा ८१ एम एम
आर्टिलरी हतियार बाट १४४ वटा ८१ एम एम मोटार
शाही सेनाको ब्यारेकमा खसाल्ने लक्ष्य अनुसार
अर्थुङ्गे
डाडामा एक
म्याग्दी खोला पारिपट्टी को डाडामा एक
गरि दुई ८१ एम एम मोर्टार ले आक्रमण गरि ब्यारेक छिर्ने
योजना थियो बम खसालियो जादा जाँदै
बाटोमा गस्ती सग भिडन्त पर्यो गस्ति टोलि लाई
कब्जा गर्दै अगाडि बढ्यो गस्ती सग भिडन्त
हुदा जनमुक्ति सेना का कम्पनी कमान्डर क शिशिर
को शाहद्त्त भयो सदरमुुकाम लाई तीन तिर
घेरा हाली जनमुक्ति सेनाले भीषण
हमला गर्यो मुख्य
सैनिक ब्यारेक लिस्ने गाम स्मृति बिग्रेड
को निशानामा थियो अरु बिग्रेडको जिल्ला प्रशासन
जिल्ला प्रहरी कार्यालय बैंक कारागार लगायत
सरकारी कार्यलय कब्जा गर्दै अन्तिममा सबै
जनमुक्ति सेनाको हमलाको केन्द्रबिन्दु काली प्रसाद
गण
नै थियो कर्णेल राजु नेपाली भागिसकेको थियो !
रातभरि देखि भोलिपल्ट बिहान १२ बजे सम्म लडाइँ
चलिरहेको थियो आकाशमा नाइटभिजन हेलिकप्टर
उडेका थिए तोराबोरा खसाल्दै थियो भने जनसेना ले
सदरमुकाम कब्जा गर्यो लडाइँ सयौं सेना प्रहरी मारिए
कोहि म्याग्दी खोलामा हामफालेर बगे हतियार बगाए
तहसनहस पारी अन्तिममा ब्यारेकमा आगो लगाएर
जनमुक्ति सेना विजयको नारा घन्काउदै फर्केको थियो !
बेनि आक्रमणमा जनमुक्ति सेनाले उच्च बलिदान
गर्यो जनयुद्धको इतिहासमा जनमुक्ति सेनाले दुइटा बिग्रेड
सह कमान्डर क बहुविर र क योद्धा लाई
बेनि आक्रमणका क्रममा गुमाउनु पर्यो उहाँ लगायत ८२
जना कमरेड हरुको शाहदत्त भयो भने घाइते ४४६
जना जनयोद्धा घाइते हुनुभयो ! बेनि सदरमुकाम
कब्जा बाट सेना पुलिस को सबै गरि हतियार १५० थान
कब्जा भयो ३ एल एम जि २४ इन्सास राइफल एस एल आर
र राइफल माउजर पिस्तोल बाह्रबोर हजारौं गोलि हरु
कब्जा भयो भने CDO र DSP सहित ३७
जना प्रहरीले
आत्मसमर्पण गरे उनी पनि अपहरण
गरियो पछि आईसिआरसी को रोहबरमा रोल्पा बाट मुक्त
गरियो !
म्याग्दीका सिडियो सगरमणी पराजुली
र डिएसपी रण
बहादुर गौतम लाई जनसेना ले लिएर
जादा एउटा अनौठो कुरा सुनाए ” तपाईंहरू
सेति महाकाली देखि सात आठ हजार मानिस
बेनि आक्रमण
गर्न आउने कुरा हामी सेना पुलिस र प्रशासन लाई
थाहा नै
भएन कसरी आएर हामीलाई कब्जा गर्नु
भयो हामी अच्चम मानिरहेका छौ तर जिल्ला बाट
सेना पुलिसको गस्ती जान लाग्यो भने तपाईं
माओवादी जनमुक्ति सेना लाई
कति संख्यामा सेना गस्ती आउदैछ हतियार कति छ कुन
बाटो आउदैछ सबै पहिला नै थाहा पाउनु हुन्छ तर
हामी हजारौं संख्यामा तपाईंहरू आएर सदरमुकाम
कब्जा गर्नु भयो यो कुरा हामीलाई थाहा नै हुदैन ”
भनेर
सिडियो सागरमणी पराजुलीले भनेका थिए !
दुश्मन लाटो हुदोरहेछ भन्ने कुरा प्रमाणित
भयो हामी फर्किने बेला हेलिकप्टरबाट को हवाई
आक्रमण
बाट बाटोमा बढी क्षति भयो अन्ततः दुश्मन लाई पराजित
गरि जनसेना र नेकपा माओवादी को रणनैतिक हिसाबले
विश्वभर विजय हासिल
गर्यो बेनि कार्वाही जनयुद्धको इतिहासमा एक
युगान्तकारी महत्त्वको विजयको दिन हो
जनमुक्ति सेना नेपाल – जिन्दावाद !
वीर सहिद – लाल सलाम !
विश्व क्रान्ति – जिन्दावाद !
नेकपा माओवादी – जिन्दावाद !
सबैखाले प्रतिक्रियावादी – मुर्दावाद !

चे को सम्झनामा

मेरो घरको
बाटो भएर हिँड्छ देश
चे ग्वेभारा अंकित टोप लगाएर

युवा जोशमा कस्सिएका मुठीहरु उचालेर
क्रान्तिको रातो बाटो घाम डढेको सगरतिर
दौडिन खोज्छ देश ।

चैतको मौसममा आउने आँधी
क्रान्तिका ज्वालाहरु
समाप्त हुन्छ सम्झौताका हरफहरुमा
क्रान्तिको रातो गुलाब ओइलाउँछ
मन्त्री कमरेडको कालो कोटमा ।

सपनाको इन्द्रेणी सधैँ जस्तो उदाउँछ
गोलो रोटीबाट भोकको बास्ना बोकेर हिँड्छ
युग हाँक्न खोज्ने मान्छे
क्रान्तिकारीहरुको देशमा
सहिदको रातो रगत ह्वीस्कीजस्तो कालो बन्छ
र बाँडिन्छ महामहिमका ओठहरुमा ।

आश्चर्य !
सभासद्हरुको कलममा अंकित छ
छिमेकी मुलुकको झन्डा
नानीहरुले पढ्ने पुस्तकमा घटिरहेछ
सगरमाथाको उचाइ
नवनियुक्त प्रधानमन्त्रीलाई थाहा छैन
सार्वभौम राष्ट्रको सिमाना ।

खुसीको तारा हराएको विरहमा
विक्षिप्त बनेको सहिद पिता आत्महत्या गर्छ
आफ्नै पार्टीको झण्डामा बेरिएर ।

भीमसेन थापाहरु कायर बनेको यो मुलुकमा
भीम मल्लहरु बेइमान ठहरिएको मेरो बस्तीमा
किन दौडिरहेछौ चे ग्वेभारा
मेरो घरको बाटैबाटो !

मेरो बस्ती छेउ
इँटाभट्टीको चिम्नीबाट
निस्किएको धूवाँको पर्वाह नगरी
माटो पकाइरहेको मजदुर
माघको रात चिर्ने गरी खोक्दै
गेट कुरिरहेको वृद्ध पाले
लाखौँ माइल टाढा मरुभूमिमा
आफन्तको भविष्य सुधार्न पसिना पोख्दै
गरेको युवा ।

को हो सबसे बडा क्रान्तिकारी ?
नयाँ क्रान्तिको
पुरानो सपना देख्ने हामी वा
चे ग्वेभारा
तिम्रो टोपीमा
चम्किरहेको रातो तारा ?

के हो जिवन

कसैले भनेका थिए,
जिन्दगी के हो जिएर हेर, आसु के हो पिएर हेर

न जिइ न
पिइ वास्तव मै थाहा हुँदैन बास्तबिकता के हो भनेर तर म
भन्छु दृष्टिकोण बद्ले बदलिन्छ जिबन ।

माछा पानी मा पौडिरहेको छ
तैपनी थाहा छैन कि उ
कहाँ छ । मान्छे
यो धर्ती मा बाची रहे को छ
तैपनी थाहा छैन कि उ कहाँ छ । त्यो माछा लाई
पानी को अस्तित्व थाहा नभए जस्तै मान्छे लाई
पनि जिबन को अस्तित्व थाहा छैन । म कहाँ छु ? म के
गर्दै छु केहि थाहा छैन तैपनी उ अन्धकार
मा दौडी रहेको छ । आसा जस्तो अन्धकार
केहि छैन ।
यसले जिन्दगी डढेलो लगाइ दिन्छ । लक्ष्य
बिना को आसा बेर्थ छ । अनि मान्छे भौतारी रहन्छ।
भेट्ने लाई सोधी हल्छ कि जिबन के हो?

कुनै एकै शब्द
को परिभाषामा जिबन लाई बुझ्नु गलत हुन्छ । जुन
अस्तित्वले गर्दा मान्छे को जिबन रहेको छ त्यही हो जिबन ।
अर्को शब्द मा भन्नु पर्दा एक महान अबसर
हो जिन्दगी । ठुला ठुला बैज्ञानीक
बन्ने अबसर दर्शन
बिज्ञान अनि गणित को खोजी गर्ने अबसर
ठुला ठुला डाक्टर, इन्जिनिएर, ब्यापारि, पत्रकार,
कलाकार बन्ने अबसर को एक बाटो हो जिन्दगी ।
त्यस्को आर्को पाटो लाई हेर्ने हो भने,
ठुला ठुला आतंकबादी बन्ने अवसर, चोर
फटाहा बन्ने
अवसर अनि एच आइ भि जस्ता रोगले ग्रस्त हुने अवसर
यि सबै अवसर हुन मात्र रोजाइ तपाईंको ।

मान्छे लाई बाचेर मात्र पुग्दैन आफु लाई पूर्णत बदल्नु
पर्छ । बदल्नु को मतलब यो हो कि हिजो म जुन निकृस्ठ
जिन्दगी बाचेको थिए त्यस बाट एक स्थर माथि उठ्नु
अनि जिबन उपायोगी गुण हरु को बिकास गर्दै जानु ।
मन
ले आफ्नो मन को सुस्म सक्ती लाई आत्मा सुझाब
दिदै
जानु भने को बदलिनु हो । बिकास को अर्को नाम नै
बदलिनु हो । किताब मात्र पढेर कोही पनि बदलिन
सक्दैन
जब सम्म दैनिक अभ्यास गरिदैन । किताब पढ्नु भने
को चेतना को स्तर बृदी गर्नु मात्र हो ।बदलिन
को लागि बल चाहिन्छ त्यो हो मन को बल,
आत्मा सुझाब्, आफ्नो मन ले मन लाई भन्दै जानु पर्छ,
आत्मा सुझाब दिदै जानु पर्छ कि म जे पनि गर्न सक्छु ।
अनि आफु लाई राम्रो चिज सँग तुलना गर्नु, उच्च स्तर
को मान्छे हरु सँग सँगत गर्नु भने को आफु लाई बदल्ने
पहिलो बाटो हो ।

बदलिनु भने को आज बाचिरहेको सन्सार लाई त्याग्नु
हो । हिजो म जुन मान्छे थिए म आज भिन्नै मान्छे
हो भनेर आत्मै देखी महसुस
गरी प्रगती को बाटोमा
अघी बद्नु नै बास्तबिक
परिवर्तन हो ।
यो संसार मा प्रकृती को आफ्नै नियम छ । बिहान
घाम
उदाउछ, फेरी राती अस्ताउछ । आसार
मा पानी पर्छ,
पुर्णिमाको रात मा चन्द्रमा उदाउछ । त्यसरी नै मान्छे
को जिबन मा पनि परिवर्तन भ इ रहन्छ तर
हामी देख्दैनौ ।

हामी चिन्दैनौ आफैले आफैलाई
त्यही नचिन्नु नै
जिन्दगी मा ठुलो दुर्घटना हुनु हो ।
हामी त भागि रहेछौ हार खाइ खाइ,
तड्पी रहेछौ कसै
को याद मा । आस्ताउदै बिलाउदै अनन्त गतिमा आफैले
आफैलाई पुरी रहे छौ । छोडेर जाने माया लाई
गल्ली -
गल्ली मा कुरी रहे छौ ।

कती अन्धाकर
बनाएका छौ हामी ले आफ्नै
जिन्दगी । जुन कुरा पाइदैन
भन्ने थाहा हुँदा हुँदै
पनि त्यसको पछी लागि रहेका छै
अनि हामी बर्बाद नभए को हुने ।
प्रकृती ले पालुवा फेरे जस्तै हाम्रो जिबन ले
पनि रङ
फेर्दछ, म हिजो जुन मान्छे थिए आज त्यो मान्छे होइन
तैपनी हामी त्यही
हिजोकै पुरानो मान्छे ठानेर
दुखी हुन्छौं । आफु लाई
नचिन्दा हामी यती सस्तो भयौ कि
गल्ली गल्ली मा चुरोट
को धुवा उडाउदै मा ब्यस्त छौ । यस्को मतलब
यो हो कि हाम्रो जिबन चुरोट
को धुवा भन्दा पनि सस्तो छ । यती सुन्दर जिबन
उडि रहेछ धुवा बनी हावा मा, कस्ले
समाल्देला त्यो जिन्दगी, आफुलाई त
खैनी बिडी अनि बेश्या बृदी
गर्न मै ब्यस्त बनाइ
राख्याछ ।

त्यसैले बिगत मा बाच्नु भने को आफु लाई अन्धकार
मा धकेल्नु हो । काडाघारी मा आफु लाई फ्याक्नु
हो । बिगत मा बाच्ने होईन किनकी बिगत मा फर्किन
मिल्दैन, न त बिगत लाई परिवर्तन गर्न मिल्दैन । बिगत
मा बाच्नु भने को दुखी हुनु हो ।
यती जान्दा जान्दै
पनि हामी यि कुरा बुझ्दैनौ । कुनै कुरा थाहा भए र
पनि नबुझ्नु भने को चेतना को स्तर को बिकास नहुनु
हो । चेतना को बिकास नहुनु भने को आन्धकार
मा हिंड्नु हो । आसा जस्तो आन्धकार संसार मा अरु
केहि छैन । आज को आसा ले नै भोले को यथार्थ लाई
लुकाउ दिन्छ अनि मान्छे भ्रम मा बाच्न बध्य हुन्छ ।

सुखी हुनु अनि खुशी हुनु
को लागि एउटा मात्र सुत्र छ
त्यो हो बिगत मा नबाच्नु । बिगत मा बाच्ने हरु एकदिन
बर्बद हुन्छन ।
हामी यती अज्ञानता मा बाच
छौकी हाम्रो जिबन
मा कुनै भिजन नै छैन न त लक्ष्य छ न त उनै उदेश्य न
आफु राम्रो छ न त अरु लाई राम्रो देख्न सक्छ ।
बाटो हरु अन्त्यहिन छन यदी जिबन मा कुनै
भिजन भइ
दिए को भए गन्तब्य अबश्य भेटिने थियो । भिजन नहुनेहरु
ले गन्तब्य कहिले भेट्दैनन । हामी दुखित
हुन्छौं ।
संसार दुख को सागर हो भन्दै आत्माहत्या गर्न
पछी पर्दैनन । यसरी नै संसार बाट
लोप हुन्छ न कायर
हरु । आत्माहत्या गर्नु भने को जिबन प्रती कुनै
पनि दायित्व बहन गर्न नसक्नु अनि आफु लेय आफै लाई
हाराउनु हो । अर्को शब्दमा भन्नु पर्दा कायर हरु
को प्रिय साथी नै आत्माहत्या हो ।
किनकी उनि हरु
त्यही रोज्छन । एउटा सुन्दर गुलाब को फुल
दियो भने
भने पनि उनि हरु फुल को सुगन्धा लिनु त
कहाँ हो काडा कहाँ छ त्यो खोज्न थल्छन
अनि काडा ले घोच्छ फेरी भन्न थाल्छ यो फुल
को पनि केहि अर्थ छैन भनेर
गल्ली मा फ्याकी दिन्छ ।
त्यही फुल को अर्को नाम हो सुन्दर
जिन्दगी । यसरी नै
आज हजारौले
आफ्नो जिन्दगी गल्ली
गल्ली मा कौडी को दाममा
फ्याकी रहेका छन

निरस अनि निरास मान्छे हरु सुन्दरता लाई पनि कुरुप
देक्छन । लक्ष्य भए नै जिन्दगी को कक्ष्य
मा पुग्न
सकिन्छ । बुद्ध एक गाउ मा हिडी रहेका थिए ।
साझ
पर्नु भन्दा पहिले अर्को गाउ मा पुगी सक्नु पर्ने
थियो ।
बाटो मा एकजना किसान लाई सोधे मित्र नगर
कती टढा छ यहाँ बाट अनि त्यो किसान ले
भन्यो मात्र
२ माइल टाढा छ । धेरै छैन अब बिस्तारै जानुस । ३
घण्टा हिडी सक्यो मित्र नगर आएन ।
फेरी अर्को एक
बृदा लाई सोधे अनि ति बृदा ले भन्यो- अब २ माइल
बकी छ । आउनै लागि सक्यो । राम्रो सँग जानुस
नानी । त्यसपछी बुद्ध लाई
उनका शिष्य ले सोध्यो,
भगवान यि बृद्ध ले पनि २ माइल टाढा छ
भन्यो बास्तबिकता के हो ? अनि बुद्ध ले जबाफ दिए,
यिनी हरु ले झुटो बोले को छैनन ।
यिनी हरुले मन
को परिभाषा लाई राम्ररी बुझेका छन ।
यसरी नै मन
मा आसा हरु जगाइ राख्नु पर्दछ कि आब लक्ष्य
नजिकिदै छ भनेर यो यस्लाई जिबन कला भनिन्छ ।
संसार बिकार को चरम गती मा हिडिरहेको छ ।
मान्छे
हरु निकै क्षिक्षित भइरहे का छन तर सना तिना कुरा हरु
भुल्दै गइरहे का छन । जिबन को सुत्र हरु नबुज्दा दुख
पाइरहे का छन ।आफु परी बर्तन हुनु
भन्दा पनि अरु
को आलोचना गरे र अरु लाई परिवर्तन गर्न अग्रसर छन ।
जती बिकास भ इ रहे को छ
त्यती नै बिकृती बढ्दै ग इरहे
को छ । मान्छे जती एजुकेटेड हुँदै छ
त्यती नै कमन सेन्स
हराउदै गएको छ । अचेल मान्छे हरु राम्रो कुरा सुन्ने,
बुझ्ने भन्दा पनि झुटा सपना बाढ्ने हरु
को पछी लागिरहेका छन ।
जुन कुरा हरु आज गरे ति कुरा हरु कुनै
डायरी को पला बाट लिएको होईन । यि कुरा हरु सबै
आफ्नो जिबन भोगाइ हरु हुन । यि कुरा कुनै
नौलो कुरा होईन हामी सबै लाई थाहा छ तर
ब्यबहारमा नदेखिदा, त्यस्लाई बास्तबिक बुझाइ भनिदैन
। चेतनाको स्तर कमी भयो र पो आफुलाई सुधारनु
पर्यो त ।