Wednesday, December 24, 2014

यो मन त मेरो नेपाली हो

झ्यालबाट बाहिर हेर्दै मनमनै गम्छ, ‘स्वदेशबाट
हेर्दा विदेश
राम्रो, विदेशबाट हेर्दा स्वदेश राम्रो, तर
वास्तविकता भोग्नेलाइ मात्र थाहा हुन्छ ।’
फेरि मनमा रोगी आमाको सम्झना आउँछ, ‘दुई पैसा कमाइ
हुन्छ
भनेर के गर्नु, यस्तो बेला आमालाई तातो पानी दिन
पनि सँगै
बस्न सकिएन ।’ तुरुन्तै अर्को मनले चित्त बुझाउँछ,
‘पानी त के
म नेपालमै भएको भए उपचार खर्च नभएर
मेरी आमा उहिल्यै
परमधान हुने थिइन् ।’
विदेशको बसाइ, विद्यार्थी भिसामा । बाहिरबाट जस्तो छ,
भित्र
त्यस्तो हुँदैन, भित्र जे छ, बाहिर त्यो देखिँदैन ।
कलेजको फिस
तिर्न निकै मेहनत गर्नुपर्छ । धेरथोर घरखर्च
पनि पठाउनुपर्ने
बाध्यता छँदैछ । जुनसुकै बेला कलेज बन्द हुने खतराले घेरेकै
हुन्छ । भिसा थपिने-नथपिने त्रास पनि सँगै लिएर हिंड्नुपर्ने
अवस्था छ ।
कलेजका कारण भिसा क्यान्सिल हुने त्रास पनि छँदैछ ।
त्यस्तो स्थितिमा ऋणको भारी बोकेर स्वदेश र्फकनुपर्ने
बाध्यता हुन्छ । यस्तो अवस्थामा विदेशमा अध्ययनरत
एउटा विद्यार्थीको मनमा कस्ता-कस्ता विचारले
सताउँदा हुन् ? सताउने ती विचारहरूलाई उसले के भनेर
सम्झाउँदो हो ? आउनुहोस्, आज यसै विषयमा गजुरियल
विश्लेषण गरौं ।
‘दसैं भनेर आज एक दिन कामबाट छुट्टी मिलाएको छु,
त्यो पनि टीकै नलगाई बित्ने भो ।’ नेपालबाट बैनीले
फेसबुकमा राखेको दसैं तस्बिरहरू हेर्दै मन अमिलो हुन्छ ।
तुरुन्तै अर्को मनले भन्छ, ‘आ, मैले टीका नलगाएर के भो र,
बुबा-आमा, दिदी-बहिनीहरूले रमाइलोसँग दसैं मानेछन् । म
खर्च
पठाउन नसक्ने भएको भए सबैको दसैं खल्लो हुने थियो ।’
फेरि अर्को मन गनगन गर्छ, ‘तीन वर्षसम्म लगातार
भाइटीका लगाउन नपाउँदा चेलीबेटीको मन
कति रुँदो हो !’
अर्को मनले सान्त्वना दिन्छ, ‘नेपालमै भएको भए
बैनीलाई
आईफोन र दिदीलाई क्यामेरा उपहार दिन पनि त सक्ने
थिइनँ
नि, टीका भनेको त्यस्तै हो ।’
मन तुरुन्तै साथीभाइतिर जान्छ, ‘सँगैका साथीहरू
क्याम्पस
पढाउने भैसके, आफूभन्दा जुनियरहरू सभासद् बनिसके ।
आफू
भने……।’ हप्ता दिनदेखिका कपडा वासिङ मेसिनमा हाल्दै
अर्को मनले सम्झाउँछ, ‘नेपालमा भएको भए सायद पढाइ
पूरा गर्ने थिइनँ होला ।
फेरि पैसाबिना नेपालमा को पो सभासद्
बन्न सकेको छ र ?’ तेस्रो मनले विश्लेषण गर्छ,
‘नेपालका साथीभाइहरू पनि यस्तै त सोच्दा हुन् नि,
‘फलानो विदेश पुगेर क्या प्रगति गर्यो, टन्न
पैसा कमायो होला,
आफ्नो चाहिँ प्लस टु’को मास्टरमै जुनी बित्ने भो । पार
नलाग्ने
राजनीतिमै अल्झियो ।’ फिस्स हाँस्छ ।
झ्यालबाट बाहिर हेर्दै मनमनै गम्छ, ‘स्वदेशबाट
हेर्दा विदेश
राम्रो, विदेशबाट हेर्दा स्वदेश राम्रो, तर
वास्तविकता भोग्नेलाइ मात्र थाहा हुन्छ ।’
फेरि मनमा रोगी आमाको सम्झना आउँछ, ‘दुई पैसा कमाइ
हुन्छ
भनेर के गर्नु, यस्तो बेला आमालाई तातो पानी दिन
पनि सँगै
बस्न सकिएन ।’ तुरुन्तै अर्को मनले चित्त बुझाउँछ,
‘पानी त के
म नेपालमै भएको भए उपचार खर्च नभएर
मेरी आमा उहिल्यै
परमधान हुने थिइन् ।’ अनि मन भुलाउन गीत गाउँछ,
‘सोचेजस्तो हुन्न जीवन, जस्तो लेख्यो त्यस्तै हुन्छ ।’
भोलि बिहान चार बजे काममा जानु छ । घडीको अलार्म
सेट गर्दै
भुतभुताउँछ, ‘स्साला, गधाको जस्तो जिन्दगी । न
समयमा खान
पाइन्छ, न त धीत मरुन्जेल सुत्न पाइन्छ ।’ तत्कालै
अर्को मन
बोल्छ, ‘असमयमै भए पनि यहाँ खान त पाइएको छ ।
फेरि धीत
मरुन्जेल सुतेर के गर्नु, कमाइ गर्न काम पनि त चाहियो नि,
जुन
स्वदेशमा मिल्दैन ।’ कुरा खेलाउँदै ओच्छ्यानमा पल्टिन्छ ।
निन्द्रा पटक्कै लाग्दैन । एउटा मन र
अर्को मनको सवाल-
जवाफ चलिरहन्छ । एक मनले भन्छ, ‘ओहो !
कति कुरा खेलेको मनमा, सोच्दा-सोच्दै पागलै हुन्छु
कि क्या हो ?’ अर्को मनले सम्झाउँछ, ‘सोच्न
छोड्यो भने त
सुस्त मनस्थितिको भैहालियो नि ।’ फेरि भन्छ,
‘अर्को महिना त भिसा एप्लाई गर्नु छ, थपिएन भने ?’
दोस्रो मनले जवाफ दिन्छ, ‘आफ्नै देश फर्किने नि ।’ मन
सशंकित हुन्छ, ‘फर्किएर के गर्ने, यता न उताको भइन्छ !’
फेरि मनले भन्छ, ‘कागजबिना विदेशमा बसेर के काम,
देशमा हलो जोत्यो खायो माम ।’
मनहरू चर्काचर्की गर्छन्, ‘नेपालमा जागिर पाइएला र ?’
अर्को मन झर्किन्छ, ‘जागिर नपाए काम त पाइन्छ नि ।’
फेरि मन भौंतारिन्छ, ‘समकालीन साथीहरू कोही भेटिंदैनन्
होला ।’ अर्को व्यंग्यात्मक हाँसो हांस्छ, ‘बाल्यकालीन

समकालीन, यहाँ त मन मिल्ने साथीहरू नै पाउन गाह्रो छ
।’
फेरि एउटा मन बोल्छ, ‘पाँच वर्ष भैसक्यो विदेश बसेको,
नेपालमा एडजस्ट हुन सकिएला र ?’ अर्को मन जंगिन्छ,
‘२०
वर्ष त नेपालमै बसेको हो नि, विदेशमा एडजस्ट हुन
गाह्रो भयो र ?!’ त्यति नै बेला अलार्म बज्छ ।
पाउरोटी तताउँछ, चिया पकाउँछ । हतार-हतार खान्छ ।
हातैले
केश मिलाउँदै रेल स्टेसनतर्फ दौडिन्छ गीत गुनगुनाउँदै—
यो मन
त मेरो नेपाली हो ।

No comments:

Post a Comment