सारा खुशी सम्हालेर राखेको यो मन, पिडाले छट्पटाउँदा आँशुका दानाहरु आँखाबाट खोला बगेसरी बगिदिन्छ, तिम्रो सम्झना आइरहँदा म बाँचु कसरी ? म हाँसु कसरी ?........
छैनन् कोही साथीहरु सम्हालेर मन बुझाउनको निम्ति तर पनि प्रयास गर्दै छु एक्लै हाँस्नको निम्ति, ओठमा मुस्कान ल्याउनको निम्ति! प्रयास गर्दा गर्दै बिते कति दिनहरु अझ कति दिन यसरी नै प्रयासमा बित्छ त्यस्को कुनै सिमा छैन न त कुनै हिसाब नै गर्न सकेको छु अहिले । सायद पुरा जिवन नै यहि प्रयासमा जान्छ वा कुनै मोडमा पुगेर अन्त्य हुन्छ, त्यो समयले नै देखाउँछ । यति कुरा बुझेको छु समय भन्दा पहिला र समयको अन्त्य पछि कसैको जिवनमा खुशीले नौलो रुप लिदैन ।
यो जिवन त बितेर जाला तर पनि तिम्रो माया भुलेर नसकिने यो सात जुनिसम्म, सम्हाली राखे पनि सम्हाल्न गाह्रो पर्ने भयो यो संसारमा, एक्लै कहाँ-कहाँ गई सम्हाली राखुँ म यो मुटु बिझाउने मायालाई न त भुल्नै सकिने, न त यसैको साथमा जिवन बिताउनै सकिने नै रहेछ तर पनि याद चाँहि आउँदो रहेछ तिमि जति टाढा भएर गए पनि । थाहा छ तिम्रा यि यादहरुको कुनै अर्थ छैन भनेर तै पनि कहिले काँहि महत्वहिन चिजहरु पनि आफ्नै लाग्दो रहेछ, हो त्यस्तै भयो आज तिम्रा ति अधुरो बाचा-कसम अनि तिम्रो त्यो दुई दिनको मुटु बिझाउने र मनलाई पिडा दिने माया पनि । अर्थहिन छन् आजको दिनमा तर पनि याद यसरी आउँछ कि त्यो बिना जिवन नै चल्दैन जसरी ।
यहि जिवनको भरमा त बाँच्ने आश थियो, केहि गरेर देखाउने इच्छा थियो यो मनमा तर के गर्नु यहि मनमा त आएर बास गऱ्यौ, तिमीले आफ्नो महल बनाएर । जिवनमा त्यति कहिले मुस्कुराएको छैन् होला,त्यो दिनमा जसरी जुन दिन मेरो मन आफ्नो निम्ति बस्नको निम्ति बास मागेको थियौ तिमीले । दुई मुटु एक्कै भएर बाँच्ने प्रण गरेकि थियौ । हो त्यहि दिनको कुरा जुन दिन तिमीलाई छोएर आएका हावाको प्रत्येक स्पर्शले नयाँ बिहानीको सुरुवात हुन्थ्यो, हो त्यहि दिनको कुरा तिमिलाई र मलाई हेरेर कोइलीले मिठो स्वरमा वातावरणलाई मधुर बनाउँथ्यो अनि तिमीसंगै पुतली पनि नाच्ने गर्थ्यो । आज त त्यो सब एउटा नमिठो सपना जस्तो लाग्छ, बिपनामा तर्साउने । त्यहि भएर भत्काउन मन लाग्छ तिमीले यो मनमा बास गरेको महल पनि ।
भत्काउन त मन थियो बालुवाको महल जसरी तर के गर्नु बनाएर बसेछौ काँडे तारको पर्खाल लगाएर, सायद त्यहि काँडे तारले आज मुटुमा छिया-छिया पारेर घोचिरहेछ तिम्रो याद र सपनाहरुले मलाई, तिम्रो नाम सुन्दा त कतै तिम्रो मुहारको प्रतिविम्व देख्दा पनि । कोशिस त धेरै गरे धमिलो पानीमा देखिएको तिम्रो त्यो अस्पष्ट तस्बिरलाई मनको चोखो मायाले पुन: रुप दिनको निम्ति, तर तिमी त धेरै टाढा पो रहेछौ त्यो क्षितिज भन्दा पनि जस्मा हरेक दिन म तिम्रो आगमनको कामना सहित बाटो हरेर दिनहरु बिताउँदै बसेको थिएं । खै! आजकल त आँखाहरु पनि निराश भए झै लाग्छ तिमी आउने त्यो क्षितिजको बाटोमा पनि आफ्नो पन देख्न छोडेछ, सधैं आँशुको पोखरीमा पौडी खेल्छ अनि हरेक साँझ बन्द हुन्छ भोलीको निम्ति केहि नौलो देख्न पाउने आशमा, अनि पुन: कसैको यादमा दुई थोपा आँशु झारेर सिरानीलाई कसैको यादको पिडा महशुस गराउन बाध्य हुन्छ ।
जब आँखा बन्द हुने कोशिस गर्न थाल्छ तब मनमा नयाँ हलचल सुरु हुन कोशिस गर्छ, लाग्छ कसैको यादमा सुनामी आउँदै छ । सम्झना नि कस्तो तिम्रो जति भुल्न खोज्यो उति नै आउँछौ सपनामा अनि मनलाई दुख दिएर जान्छौ ।
बिचरा मन आँखाले देख्यो मुटुले सजायो पिडा जति मनले भोग्दैछ, सायद यो पहिले थाहा हुदो हो त मन पनि निर्दयी बन्ने कोशिस गर्ने थियो होला नि ? तर आजकल त जति मेट्न खोज्यो उति नै माया गादा बनेर बनेर आउँछ यो मनमा..... बिचरा मन लाग्छ म भन्दा बदि यो दुखि भएको छ कसैको यादमा, म दुखि भएको मेरो अनुहारले देखाएको छ तर त्यो मन दुखि भएको कसले देखेको छ र ? तर पनि गुपचुप नै रहेर भए पनि सारा पिडाहरु सहेर बसेको छ । जब मनलाई सम्झन्छु तब मन झै आफ्ना पिडाहरु कसै सामु प्रस्तुत नगरेरै आफु भित्रै लुकाउने असफल प्रयासमा रहन्छु । सम्झना नि कस्तो तिम्रो जति भुल्न खोज्यो उति आउँछौ सपनामा, जति मेटेन खोज्यो उति लागेर आउँछ माया.......
त्यहि मायाको आशमा त संसार जित्ने रहर थियो । यहि मायाको भरमा जिवन बिताउने इच्छा पनि तर यहि माया आज मर्न समेत गाह्रो बनाएर जाँदै छ, नपत्याए हेर आज मेरो स्थिती तिम्रो सामु आएर मायाको भिख माग्न समेत नसक्ने स्थितीमा आइपुगेछ । ख्याल नै गरेको रहेनछु मेरो शरिर त आज ज्युदो लास बनिसकेछ
|| मात्र ज्युँदो लास ||
यो शहर झुठो छ यहाँ, साँचो मायाको कदर छैन
धोकेबाज कै हाबी छ यहाँ, माया गर्नेको सदर छैन
सकेसम्म अरुलाई लुट्ने प्रयास गर्छन् यहाँ
कोहि माथि कसैलाई हेर्ने राम्रो नजर छैन यहाँ
कसैसंग स्वार्थ पुरा गर्न त माया लाइदो रहेछ
यस्तो लाग्छ, यो जस्तो अर्को नगर छैन्
यो शहर झुठो छ यहाँ, साँचो मायाको कदर छैन
धोकेबाज कै हाबी छ यहाँ, माया गर्नेको सदर
छैन साँचो मायाको कदर छैन !!
राजन थापा
बनेपा, काभ्रे !!
No comments:
Post a Comment