Friday, January 08, 2016

राजनिती

तिमीले सोचे जस्तो हैन यो राजनिती
आफ्नालाई नै रुवाउने खेल हो राजनिती
नपाएसम्म खुट्टा ढोग्न पछि नपर्नेहरुको
पाए पछि सबै भुलिदिने खेल हो यो राजनिती

गरिबको आँशुमा रमाउँदै पौडि खेल्ने
तिम्ले सोचे भन्दा फरक हो यो राजनिती
जनताको रगतलाई सोमरसमा मिलाई
आफु हाँसि दुनियाँ रुवाउने खेल हो यो राजनिती

जनताको हरपल सेवा गर्ने कसम खाई
गरिब जनताको इमान बेच्ने हो राजनिती
चप्पल लगाएर बाटोमा हिड्नेहरुको
महल बनाई कार चद्ने खेल हो यो राजनिती

राजन थापा (अभिराज)
बनेपा-४,काभ्रे

No comments:

Post a Comment