Friday, January 08, 2016

मेरो संसार


अरुले सोचे भन्दा धेरै फरक मेरो संसार
कसैले बुझ्न नचाहेको कथा मेरो संसार
सम्झनेले सधै सम्झनाका यादमा राखेका
बिर्सिनेले चटक्कै माया मारि गएका - मेरो संसार

चारैतिर चाहनाका फुली बसेका फुलहरु
बिचमा पौडि रहेका स्मृतिका पानाहरु
फुलै फुलले दुलहिको रुपमा सजिएर
पहुनाको स्वागत गर्न तम तयार - मेरो संसार

सपनाले भएपनि सजिएर बसेको
बिपनामा चाहनाके मोहले बेरिएको
सपना र चाहनाको संगम बनेको
कस्तो अनौठो अनि फरक - मेरो संसार

देख्नेहरुको नजरमा रम्न बनेको
बिपनामा नभई सपना मिलि बनेको
उहि गोरेटो,घुम्ती र मोड मिलेको
अरुले सोचे भन्दा धेरै फरक - मेरो संसार

राजन थापा (अभिराज)
बनेपा-४,काभ्रे

No comments:

Post a Comment