Sunday, January 10, 2016

थाहा छैैन किन मलाई......


पवनसंगै चारैतिर घुम्न मन लाग्छ
हरियाली वसन्तसंगै हाँसी खेली रमाउन
थाहा छैैन किन मलाई
सधैभरि तिम्रै सामु आउन मन लाग्छ ।।

गित गुनगुनाउन मन लाग्छ पन्क्षीसंगै
झरना जस्तै झर्न मन लाग्छ तिम्रै वस्ती
थाहा छैैन किन मलाई
चारैतिर मधुमास छाउँदा मुस्काउन मन लाग्छ।।

देख्दा तिम्लाई आफ्नो नजर सामु
भित्र-भित्रै मन त्यसै रमाएर आउँछ
थाहा छैैन किन मलाई
तिम्रै घरको मुल बाटो हिड्न मन लाग्छ ।।

भेट हुँदा पँघेरीमा पनि तिमीसंग
बोल्न त्यसै बन्द भएर आउँछ ओठ पनि
थाहा छैैन किन मलाई
तिमी नुहाउने पँधेरीको पानी बन्न मन लाग्छ ।।

सजाउन मन लाग्छ तिम्रो त्यो सिउँदो
भरिदिन मन लाग्छ तिम्रो त्यो आँचल
थाहा छैैन किन मलाई
मनभित्र लुकाएका कुरा पनी भन्न मन लाग्छ ।।

कस्ती देखिन्छौं भनी सम्झी बस्छु त्यो दिन
देख्दा सपनीमै भए पनि बेहुलीको भेषमा
थाहा छैैन किन मलाई
जिवनसाथी तिमीलाई नै बनाउन मन लाग्छ ।।

भनी दिन मन लाग्छ,तिम्रै सामु आई
बिर्सेर पनि भुल भएं,माफि दिनु भनी
थाहा छैन किन मलाई
तिमीलाई बेहुलीको भेषमा देख्न मन लाग्छ ।।

थाहा छैन किन मलाई
तिम्रै घरको मुल बाटो हिड्न मन लाग्छ
तिमी नुहाउने पँधेरीको पानी बन्न मन लाग्छ
जिवनसाथी तिमीलाई नै बनाउन मन लाग्छ ।।

राजन थापा (अभिराज)
बनेपा-४, काभ्रे

No comments:

Post a Comment