Wednesday, December 21, 2016

सम्बन्ध

सगर र सागरको सामिप्यता
झरी र बिरुवाको आत्मियता
क्षितिज र पहाडको लचकता
मुटु र धड्कन बिचको प्रेम वा
नङ् र मासुको सुरक्षात्मकता
यो सम्बन्ध नरहे के होला??

फूल र सुबासको पवित्रता
पवनमा शितलताको आभास
आमामा प्रेम,स्नेह र मातृत्व
बाबामा सन्तानको दुरदर्शिता
सुर्य उँज्यालो र न्यानो
जून शितलता र प्रेम
यो सम्बन्ध नरहे के होला??

तिमी पल्मोनरी शिरा मेरो
कृष्ण म तिमी मीरा मेरो
जिन्दगीको कोहिनूर हीरा तिमी
मेरो जिन्दगीको हर जीत तिमी
म धुन मेरो प्रेमको गीत तिमी
तिमी र म बिचको यो
सम्बन्ध नरहे के होला??

No comments:

Post a Comment