Saturday, January 03, 2015

अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा

साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले
म आश्चर्यमा परेँ
म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे तर आज अचानक पत्रिकामा परेको नजरले अचम्मै बनायो ।
हुन त मलाई पनि कहाँ अरबी पढ्न आउथ्यो र ?
बिशालको मोबाइलमा देखेको फोटोको कारणले
चिनेको मात्रै हो ।
मैले प्रत्यक्ष देखेको भने थिइन् ?
कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा }
लगाएर यात्रारत हुन्छन् यिनीहरु ।
रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर
उनीहरुको शरीरको कुनै ठाँउ
पनि ढाक्न बाँकी राख्दैनन् ।
बिशाललाई झुन्ड्याएर मारिएको महिना दिन नहुँदै
नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार
पनि अचम्मित भए होलान् ।
आज नुरको आत्महत्याको खबरले बिशालको अन्धकार पुर्ण दिन
अनी उसलाई गुमाएको पल झलझली आँखामा आउन
थाल्यो ।
साउदी अरबको एक प्रतिष्ठित
कम्पनिमा हामी दुबै
जना सँगै काम गर्थ्यौ ।
हामी मतलब बिशाल र म ।
हामी साउदीको मुटु
राजधानी रियादमा थियौ ।
बिशाल सप्लाइ डिपार्टमा कार्यरत थियो ।
उ सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो ।
त्यसै क्रममा बिशालको भेट नुरसँग भएको थियो ।
बिशाल सँधै उनको बारेमा बताउथ्यो ।
नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने बिशालको ब्यवहार देखेर
म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा ।
बिशालको ब्याख्यामा म आफै अलमल्ल हुन्थेँ ।
आखिर नुरमा के छ यस्तो ? मलाई बिशालले फोटो देखाए
पनि म रुपमा कहिल्यै बिस्वास गर्दिन थेँ । रुपमा किन मर्छस्
बिशाल ? सुन्दर फुल भित्रको राग-अनुराग
अनी बिषादीको पनि अध्ययन गर्न
जरुरी हुन्छ ।
हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन् तर पनि होस् गर बिशाल
यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न
नपरोस्।
बिशाल भावुक बनेर भन्थ्यो:-  “राज,मायामा ज्यानै दिन परे
पनि म तयार छु ।
उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण
खुसी बन्नेछ ।
हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ ।
मलाई यही मर्न लेखेको छ भने म पराइकै
माटोमा मरौला ।
हो मलाई मेरो स्वच्छ पशुपतीमा ठाँउ
नमिल्ला, बाग्मतीको पानीले चोखीन नपाइएला, चन्दनसँगै
जल्न नपाइएला तर
मायामा दिएको ज्यान कहाँ खेर जान्छ र राज ?
हुन त म अभागी ठहरीनेछु
बिदेशको माटोमा पुरीँदा तर
पनि माया भनेको माया हो ।
नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे
पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो राज
जे होगा देखा जायगा ।।।"

नुर र बिशालको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो ।
मलाई पनि प्रेममा डुब्न मन लाग्थ्यो ।
मरभुमी रापभित्र पनि बिशालको चमकता र मुस्कानले म सँधै
प्रफुल्ल हुन्थे । उनिहरुको प्रेम झाँगिदै थियो ।
कहिले भेटेर त कहिले फोनबाट नै लामो समयसम्म
उनिहरुको कुराकानी चल्थ्यो ।
म कहिले काँही जिस्काउथेँ “बिशाल तेरो त काम तमाम भो,
भाउजुसँग मलाई नि कुरा गरान त यार।
म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा बिशाल
अल्झिएको छ ।"

मेरो कुरा सुने पछी बिशालले फोन लाउड स्पिकरमा राखेर
सुनाउथ्यो ,
उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ)“
बिशालले नरम भएर जवाफ दिन्थ्यो:“सदीग” (साथी)” राज

उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै
कहिले
पनि थाहा पाइन ।
म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र
हराउँथे ।
एक कान दुई कान मैदान ।
उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पायो ।
नुरका बाबु आमाले पुलीसमा कम्प्लेन गरे ।
ठुलो रडाको नै मच्चियो ।
अन्त्यमा बिशाललाई फाँसी सुनाइयो ।
फाँसी हुने अन्तिम रात बिशालले एउटा पत्र लेखेको थियो र
मलाई भनेको थियो ।
राज यो पत्र एक चोटी पढेर नुरलाई दे है ।
मैले किन हेर्नु बिशाल ? भन्दा बिशाल भन्दै थियो, सायद तैले नै
उल्था गर्नु पर्ला राज ।
मेरो आँखा भरी आँसु टम्म थियो ।
म डाँको छाडेर रुन पनि सकि रहेको थिइन् ।
तर बिशालको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन ।
माया प्रत्यक्ष झल्किन्थ्यो ।
बिशालको पत्र लिएर म बिशालसँग अब अन्तिम पटक भेटेर फर्किदै छु
भन्ने थाहा हुँदा मेरो मुटुले ठाँउ छाडी रहेको थियो ।
मैले भगवानलाई लाख बिन्ती गरेँ तर पनि भगवानले बिशाललाई
बचाउँला जस्तो लागेन।
म मन कठोर बनाउदै गाडी सम्म आँए र
आफ्नो गाडी स्टार्ट
गरेर अपार्टसम्म आँए ।
मैले हतार हतार बिशालको पत्र खोँले अनी पढ्न सुरु गरें ।

'मेरी नुर
जुनी-जुनी जिउनु ल ।
तिमी त अन्तिम पटक भेट्न पनि आइनौ ।
तर पनि मलाई दु:ख मन छैन ।
किनकी म
तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन
गर्दैछु ।
तिमीले देखाएको सपनाको महलमा म
जिन्दगी बिसर्जन
गर्दैछु ।
भेट्दा, कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै
समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे ।
तिमीलाई मेरो सिमली भुवा उड्ने गाँउमा लगेर
कोइलीको स्वरसँग दोहोरी खेलाउने
ठुलो धोको थियो ।
तिमीलाई थाहा छ नुर ?
मेरो घर पहाडमा छ ।
प्रकृतीको धनी मेरो गाँउ
छहरा,पहरा,लहराले भरीपुर्ण छ ।
तिमीलाई थाहा नै छ होला ।
पढेकी पनि हौली, म त
सगरमाथाको देशको मान्छे ।
तिमीलाई सगरमाथा घुमाउने रहर त रहरै भयो नुर ।
तर पनि मेरो ठम्याइ छ ।
त्यहाँको प्राकृतीक सौन्दर्यहरु तिमीलाई
देखेर मोहित हुने
थिए ।
कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न
चाहन्थ्यो ।
अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे-
“आना हेब
ईन्त नुर” (म तिमीलाइ माया गर्छु नुर ।)
हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ ।
भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ ।
आस छ भर छैन यो भाग्यको ।
भगवानको मर्जी न हो ।
जे चाहन्छ उही हुन्छ ।
तिमी भगवान भन्दा बुझ्दिनौ होला ।
तिमीले भगवानलाई “अल्ला” भनेर चिन ।
भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा ।
तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाई नकारेका हुन्
मलाई थाहा छ ।
तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन ।
तर मैले चाहिन त्यो ।
किनकी धर्म परिवर्तनमा के नै छ र ?
म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए,
उही तरीकाले बाँचे

कसको निधारमा लेखीएको हुन्छ र
यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु .......
भनेर ।
हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक
हो तर भगवान एक
हुन् ।
तिम्रो बाबालाई सुनाइ देउ नुर ।
मेरो भगवान मानवता हो ।
तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन ।
हाम्रो प्रेमलाई आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध
होइन
त्यो त अहम् हो आफ्नो एरियामा कुकुर पनि शेर हुने

धर्म फरक भएकै कारणले म
जस्ता कती मेरा नेपाली दाजुभाइ
दिदीबहिनीहरु
यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ ।
मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म,
स्तर त हामीले
बनाएकै त हो ।
तिमी नै भन त जन्मनु
भन्दा अगाडी तिमी कुन
धर्मको थियौ ?
काटे रगत त रातै आउछ नी हैन र नुर ?
कि हिन्दु को रगत
रातो अनी मुश्लिम,क्रीश्चीयनको सेतो, हरियो हुन्छकी हिन्दुको हरियो, सेतो रगत हुन्छ तिम्रो बाबालाई सोध
है ।
हुन त तिम्रो बाबालाई प्रेमको महत्व के थाहा ?
सँधै पैसाकै पछाडी कुद्छन् ।
पैसा दिएर धर्म परिवर्तन गर भन्छन् ।
पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरु पुर्ण हुन्थे ।
उपहार दिँदैमा, कुनै एक बिशेष दिनमा माया जाहेर गरेर
माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाई माया गर्न
सिकाउ नुर ।
तिमीलाई त माया गर्न आउछ नी है ?
तिमीसँग भेट हुने
यही अन्तिम हो ।
त्यसैले मलाई यो पत्र टुङ्ग्याउन मन छैन अनी चाहन्न
पनि तर
पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै
अन्त्यमा तिमीसँग
बिदा माग्न पनि नपाइयला की झै लाग्छ ।
त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले ।
यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु

हाइयाक् अल्ला या नुर,मासलाम !!
बिशाल !!"

दाइ के छ हो आजको हट न्युज ?
म झसङ्ग भए ।
सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन ।
के छ दाजु सुनौ न त हामी पनि ।
नुरले आत्महत्या गरीछे यार ।
को नुर ? बिशालकी नुर ?
अँ हो ।
त्यसले यतीका पछी किन
आत्महत्या गरी त ?
थाहा छैन यार ।
मैले केही थाहा पाउन सकेको छैन ।
कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए
पो ।
एक छिन है मेल आएको रहेछ ।
अफिसीयल होला ।
मेल नयाँ ठेगाना बाट आएको थियो ।
मैले अल्मलीदै खोँले ।
अरबीमा लेखीएको भएर मैले पढ्न
जानीन् र कुन्जनलाई भने ।
यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ
त ?
उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेटबाट ट्रान्सलेट गर्नु
न ।
यो जमानामा पनि यति कुराको के चिन्ता ?
मैले आज खासै सोच्न सकिरहेको थिइन् अनी हो त
नी है भन्दै
ट्रान्सलेट गरेर पढ्न थाँले ।

'नमस्ते देवर बाबु
सञ्चै हुनु हुन्छ ?
मैले बिशालको बारेमा आज मात्र थाहा पाँए ।
मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो ।
आज मात्रै सबै थोकबाट फुकुवा गरीएको हो ।
मलाई मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर
दिएको थियो ।
त्यो भिडियोमा बिशाललाई झुन्ड्याएर मारीएको रहेछ । जुन
कुरा मैले सहन सकिन ।
भिडियो हेर्नु लगत्तै बिशालको पत्र पनि पाँए ।
उहाँसँग मैले पनि पत्रमा भेँटे ।
राज बाबु हजुरहरुले त मलाई निष्ठुरी भन्ने सोच्नु
भएको होला ।
त्यसैले मैले हजुरलाई मेरो बारेमा भन्ने
यही एउटा मेलको साहारा लिँए ।
म निष्ठुरी होइन राज बाबु ।
मैले पहिलो पटक कसैलाई प्रेम गरेको थिँए त त्यो बिशाल
थियो ।
अनी गर्नेछु त त्यो पनि बिशाललाई ।
सत्यता थाहा नपाउँदा सम्म त बिशालसँग भेट्ने
आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले
जिउनुको अर्थ देखिन ।
म मेरो जिन्दगी अब अरुको नाम
कसरी गरौ राज बाबु ?
मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसैसँग बिबाह गरौ ।
तर बिशाललाई सुम्पियको यो तन मन कसरी म जिउँदै मरेर
अरुलाई सुम्पिदै बिशालको मायालाई अपहेलना गरौ ?
त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ ।
मैले गल्ती त गरीन नी है
राज बाबु ?
राज बाबु मैले हजुरलाइ नदेखे
पनि हजुरको बारेमा बिशालको ओठबाट सबै सुनेको छु ।
त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म बिशाललाई उ
गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाई
देखाउन सक्नेछु ।
मलाई माफ गर्नुस् ल राज बाबु ।।
उही हजुरको हुन नसेकी,
हजुरले फोनमा जिस्काउने,
हजुरकी भाउजु
'नुर' !!"

No comments:

Post a Comment