Sunday, December 01, 2024

तिमिलाई लाग्दो हो🤔


"Nothing is impossible when you hope, determine and believe in yourself."💡😍
तिमिलाई लाग्दो हो🤔
"तिमी हुँदा म बेग्लै हुनु,
तिमी बिना म एक्लै हुनु!"

यी सब मैले 'सुदुरमा' उहिल्यै,
थन्क्याएर आइसकेको छु।

मन केही दुख्न सक्छ
तर कोहि हुनु र नहुनुले मलाई 
भिन्न महसुस अब गराउँदैन। 

कुनै दिन बाटो बिराएर 
लर्खराएका मेरा पाइलाहरुलाई
मैले रोकिन र लड्नबाट सधैं बचाइरहेँ। 

कर्मले भेटिएको आशाको यो गोरेटो हुँदै
एउटा यस्तो गन्तव्यमा पुग्नुछ कि
"तिमिले शिर उठाएर मलाई हेर्ने
आँट सम्म गर्ने छैनौ।"
💪🙌

No comments:

Post a Comment