Saturday, November 30, 2024

मनको पीडा

"छुटाएर मनसँग मन 
आयो पापी मंसिरको लगन "
दुई दिनमात्रै हँसाएर 
जुनिभरि रुवाउनलाई 
म दुखिको जिवनमा
किन आएको?

सुनसान छु म,
टारेर टरेन कठै! कस्तो
दैवको यो खटन,
निभाएर मेरो मनको बत्ति
उज्यालो हुने त्यो
पराइको आँगन।
झम्टी रुन मन थियो भेटेर
कि लैजानु याद सबै मेटेर!

यो मंसिरले गर्नु गर्यो, 
तिमी र म छुट्नु पर्यो
जबर्जस्ति बिहे गरिदिए, 
बाआमाले के गरिदिए! 
अरुलाई होइन सानु,
तिमिलाई हो मनले चाहेको।

दिनमा लाग्ने आकाशमा जून छ र!
जिउँदो लाशको के मूल्य हुन्छ र!

तिम्रै यादले छु सानू म मर्न लाएको।😥💔
❤️🎼

No comments:

Post a Comment